केएफसीको सहज जीत

विज्ञापन

  • सिलगढ़ी खबरदाता, 5 मई/2017

सिलगढ़ी प्रिमियर लीग (एसपीएल)-को आजको छैटौं खेलमा शुक्रबार उत्तर बङ्गालको एकमात्र प्रोफेशनल क्लब कञ्चनजङ्घा फूटबल क्लब (केएफसी) –ले आमुक्त परिवारमाथि सजिलो जीत दर्ता गरेको छ।

यहाँको इलापाल चौधरी हाइ स्कूलको खेल मैदानमा खेलिएको आजको खेलमा शक्तिशाली केएफसीले अपेक्षाकृत दुर्बल आमुक्त परिवारलाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेको हो। केएफसीका लागि स्ट्राइकर अमिर लामाले दुइ तथा राज सुब्बा र सोरेन सुब्रतोले एक-एक गोल गरे। आजको खेलमा अतिथिका रूपमा नक्सलबाढ़ी क्षेत्रका विधायक शङ्कर मालाकार र ‘ब्याकभली’ किङ्ग पूर्व चर्चित फूटबलर श्याम थापा उपस्थित थिए। भोलिको खेल रोयल एफसी र बाघाजतीन एथ्लेटिक क्लबबीच खेलिनेछ। रोयल एफसीको घरेलु मैदानमा खेलिने यो खेल अपरान्ह 3 : 45 देखि शुरू हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया