दुइ एटिएम चोरहरू पक्राउ

विज्ञापन

सिलगढ़ी खबरदाता, 5 मई/2017


एटिएमको सिसिटिभी फुटेजको सहारामा सिलगढ़ी पुलिस कमिश्नरेटको गुप्तचर विभागले सिलगढ़ीका दुइ चोरहरूलाई पक्राउ गरेको छ। कुल्लीपाड़ा निवासी सुफल विश्वकर्मा र गुरूङबस्ती निवासी रोशन रसाइलीलाई गुरुङबस्तीको एउटा एटिएमबाट पैसा बलजफ्ती निकाल्न खोजेको आरोपमा पक्राउ गरिएको हो।

उनीहरूले एटिएमको दैलो भत्काउन सफल भए पनि क्यासबक्स भने तोड़्न नसक्दा पैसा निकाल्न चाहिँ विफल भएका थिए। कमिश्नर सिएस लेप्चाले जनाएअनुसार घटनाको गहिरो छानबीन शुरू भएको छ । एटिएम चोरहरूको ऱ्याकेटकै सन्देहलाई पनि ध्यानमा राखेर पड़ताल आरम्भ भएको छ

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया