फार्मासिस्टको ‘ओखती’-ले शिशुकन्याको मृत्यु

विज्ञापन

फोटोस्रोतः इन्टरनेट
  • सिलगढ़ी खबरदाता, 5 मई/2017

भनिन्छ अल्पविद्या भयङ्करी। सिलगढ़ी समरनगर निवासी पुलकेश काञ्जीलाल नामक फार्मासिस्टलाई गलत ओखतीकरणको आरोपमा प्रधाननगर पुलिसले आज पक्राउ गरेको छ।

जलपाइगढ़ी निवासी राजेश साहाकी पत्नी शिल्पीले १९ एप्रिलको दिन नानी जन्माएपछि राजेशले पत्नी र नानीलाई माइतघर समरनगर छाड़ेर घर फर्केका थिएछन्। हठात् हिजो राति नानी अस्वस्थ भएपछि राजेशकी सासुले नानीलाई गाँउकै एउटा दबाइ दोकानमा तत्काल चिकित्साको निम्ति लगेर गएकी थिइन्।

त्यहाँ फार्मासिस्ट पुलकेशले “नानीलाई ज्वरो आएको छ र यो दबाइ खुवाउनू” भनेर एउटा ओखती दिएर पठाएछन्। “नानीलाई ओखती दिएर सुताएपछि आधाराति नानीले खुन छाद्न थाल्यो। सखारै नानीलाई अस्पताल लगेर जाँदा त्यहाँ नानीलाई मृत घोषित गरियो,” राजेशले दुःख मान्दै भने।

उक्त फार्मासिस्ट पुलकेशविरूद्ध राजेशले लिखित नालिस प्रधाननगर थानामा बुझाउँदै फार्मासिस्टको लाइसेन्स जफ्त गरी उसलाई कड़ा सजाय दिइयोस् भन्ने माग गरेका छन्।

  • फोटोस्रोतः इन्टरनेट
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया