टोटनहमको सपना टुट्यो, चेल्सी उपाधि नजीक

विज्ञापन

 लण्डन, 6 मई/2017


इङ्ग्लिस प्रिमियर लीगको यो सत्रमा राम्रो खेलिरहेको टोटनहमको उपाधि जित्ने सपना टुटेको छ। शुक्रवार राति सजिलो मानिएको खेलमा वेस्टह्याम युनाइटेडसँग 0-1 को गोलअन्तरले अपत्यारिलो ढङ्गमा पराजित भएपछि उपाधि नजीक पुगेर दोस्रो स्थानमा रहेको स्पुर अल्झिएको हो। वेस्टह्याम युनाइटेडको जीतमा म्यानुएल लान्जिनी हिरो बने।

उनले खेलको 65औं मिनटमा गरेको गोल नै निर्णायक बन्यो। यदि यो म्याच केन-एरिक्शनहरूले जितेको भए टोटनहम र चेल्सीबीच उपाधिको प्रतिस्पर्धा रोचक हुने थियो। यता, टोटनहम हारेपछि यसको सोझो फाइदा चेल्सीलाई पुगेको छ। अब चेल्सीले एउटै मात्र खेल जिते प्रिमियर लीगको उपाधि उचाल्नेछ।

चेल्सीले आउँदो 9 मईको राति मिडल्सबर्गको सामना गर्नेछ, जुन खेल एन्टिनो कोन्टेको टीमका लागि सजिलो मानिएको छ। अहिलेसम्म यी दुइ टीमबीच 5 पटक मुखामुखी भएको छ, जसमा पाँचै खेल म्यान इन् ब्लूले जितेको छ। टोटनह्यामले भने अब अघिल्लो खेलमा जोस मोरिन्होको म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया