विवादको चपेटमा राज्यका मन्त्री इन्द्रनील सेन

विज्ञापन

विमल, रोशन र मोर्चा प्रार्थीहरुलाई बाकसमा हालेर जिल्ला कटाउने


मोहन लामा, दार्जीलिङ, 6 मई/2017


अब यहाँ 14 मईको दिन चुनाउ भइरहेको छ र यस चुनाउमा तृणमूल कंग्रेस र गोरामुमोका उम्मेद्वारहरुलाई भोट दिएर यहाँका भाइ-बहिनीहरुले विमल गुरूङ, रोशन गिरी अनि 32 जना उम्मेद्वारहरुलाई त्यस ट्रङ्कमा प्याक (बन्द) गरेर दार्जीलिङबाट मात्रै होइन, दार्जीलिङ जिल्लाबाटै अर्को जिल्लामा पठाइदिनू।


 

इन्द्रनील सेनद्वारा दिइएको बयानको विरोधमा दार्जीलिङमा लगाइएको पोस्टर।

राज्यका एक शीर्ष मन्त्री इन्द्रनील सेनले गोजमुमो अध्यक्ष विमल गुरूङ, पार्टी महासचिव रोशन गिरी अनि दार्जीलिङका 32 वटा वार्डमा गोजमुमोले खड़ा गरेका उम्मेद्वारहरुलाई नगरपालिका चुनाउपछि दार्जीलिङ जिल्लाबाटै बाकस (ट्रङ्क)-मा प्याक गरेर अर्को जिल्लामा पठाउने दिएको आपत्तिजनक बयान व्यापक भाइरल भएको छ। जसको चौतर्फी विरोध शुरू भएको छ भने यसको विरोधमा यहाँको चौकबजारमा पनि जनताको नाममा पास्टरिङ भएको छ। मन्त्री सेनले 5 मईको दिन दार्जीलिङको मोटर स्ट्यान्डमा नगरपालिका चुनाउलाई लिएर तृणमूल कंग्रेसद्वारा आयोजना गरिएको जनसभामा भनेका थिए-मैले दार्जीलिङको लागि 32 वटा 6 फीटको स्टीलको ट्रङ्क (बाकस) र डोरी ल्याएको छु।

अब यहाँ 14 मईको दिन चुनाउ भइरहेको छ र यस चुनाउमा तृणमूल कंग्रेस र गोरामुमोका उम्मेद्वारहरुलाई भोट दिएर यहाँका भाइ-बहिनीहरुले विमल गुरूङ, रोशन गिरी अनि 32 जना उम्मेद्वारहरुलाई त्यस ट्रङ्कमा प्याक (बन्द) गरेर दार्जीलिङबाट मात्रै होइन, दार्जीलिङ जिल्लाबाटै अर्को जिल्लामा पठाइदिनू। यो भीडियो भाइरल हुनसाथ दार्जीलिङका जनताको नाममा इन्द्रनील सेन विरूद्ध पोस्टरिङ शुरू भयो भने यसलाई दार्जीलिङका सर्वसाधारण जनताले पनि विरोध जनाउन थालेका छन्। यसका साथै अर्को पोस्टरमा गोर्खा नेताहरुमाथि तृणमूल कंग्रेसका शीर्ष नेताहरुले दिएको आपत्तिजनक वक्तव्यमा थप्पड़ी मार्ने हिल तृणमूल कंग्रेसका नेतृत्वहरुलाई पनि धिक्कार जनाइएको छ। हिजो तृणमूल कंग्रेसले दार्जीलिङका 32 वटा वार्डबाट तृणमूल कंग्रेस र गोरामुमोले उतारेका 32 जना उम्मेद्वारहरुको पक्षमा यहाँको मोटर स्ट्याण्डमा एक चुनावी जनसभा गरेको थियो। जसमा सर्वभारतीय तृणमूल युवा कंग्रेसका अध्यक्ष अभिषेक व्यानर्जी मुख्य वक्ताका रूपमा उपस्थित थिए भने राज्यका पर्यटन मन्त्री गौतम देव, मन्त्री इन्द्रनील सेन आदिको पनि विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया