त्रिवेणीमा पनि टिस्टा रङ्गीत उत्सव

विज्ञापन

कालेबुङ, 30 दिसम्बर 2017


जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटरद्वारा शुरू भएको टिस्टा रङ्गीत पर्यटन उत्सव टिस्टा रङ्गीत दोभान आइपुग्यो। यसैबीच त्रिवेणीमा खुबै भव्यतासँग एङ्गलिङ खेल आयोजित गरिएको थियो। कार्यक्रमको मुख्य अतिथि जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटरका चियरमेन विनय तामङ थिए भने गेस्ट अफ अनर जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटरका सञ्चबीर सुब्बा अनि विशिष्ट अतिथि कालेबुङ नगरपालिका भाईस चियरमेन भीम अग्रवाल थिए।

सम्बोधनको क्रममा विनय तामङले टिस्टा रङ्गीत दोभान अनि त्रिवेणीको सुन्दरताको प्रशंसा गरे अनि यस त्रिवेणी सङ्गम स्थलको ऐतिहासिक पक्षलाई खुबै रोचकतासँग आफ्नो सम्बोधनमा राखे।

उनले गोलडन महासेर अर्थात् पहेलीसर माछा भारतको गोवाको नदीबाहेक अन्य कुनै नदीहरूमा नपाइने ठोकुवा गरे अनि उनले अब जीटीएले यस्ता कुराहरूको पनि संरक्षण गरेर लैजान विभिन्न पहलहरू गरिने बताए।

उनले टिस्टा नदिमा पाइने लिब्बुनी माछा अर्थात् गोछ माछाको प्रसङ्ग झिक्दै पहिला पहिला लिम्बु जातिले यो माछा खाए लिम्बु मर्छ भन्ने किम्वदन्ती रहेको पनि कार्यक्रममा सुनाए।

उनले अब त्रिवेणीलाई यसले पाउनुपर्ने गौरव दिलाएर नै छोड्ने बताए। उनले आफ्नो सम्बोधनको क्रममा टाडा टाडाका देशभित्र अनि देश बाहिरका पर्यटकहरूले यो टिस्टा रङ्गीत अनि त्रिवेणीको प्राकृतिक सुन्दरताको विशेषता बुझिसकेको प्रसङ्ग झिक्दै भारतका एउटा विद्वान जसले अस्ट्रेलिया देशमा फोटोग्राफीको ट्रेनिङ गरेका थिए अनि एक समय उनी आफ्नो धर्मपत्नीसँग यहाँ त्रिवेणीमा घुम्न आउँदा उनलाई यहाँको प्राकृतिक सुन्दरताले मुग्ध तुल्याएको अनि उनीहरूले पछि  आफ्ना छोरी जन्मे उसको नाउँ टिस्टा राख्ने सल्लाह गरेको, पछि छोरी भए पछि छोरीको नाउँ पनि टिस्टा राखेको समेत उनले बताए।

उनले अब जीटीएले त्रिवेणीलाई पर्यटकीय क्षेत्रमा विशेष ध्यान दिएर लाने पनि बताए। यस नदिमा विलुप्त हुनगईरहेका माछाहरूको पनि संरक्षण पर्यावरणको दृष्टिकोणले पनि गरिनु पर्ने कुरा कार्यक्रम सम्बोधन अवधि बताए। उनले त्रिवेणीमा पर्यटकहरूलाई आकर्षित गर्ने योजनाहरू बनाइरहेको पनि बताए अनि त्रिवेणीमा रहेको गेस्टहाउसलाई स्याहरसुसार गरी सञ्चालनमा ल्याउने अनि पर्यटकहरूलाई त्यहाँ राखिने व्यवस्था जीटीएले गर्ने घोषणा मञचबाट गरे।

उनले यस्ता विषयहरूमा क्षेत्रीय जनता सचेत बनेर अघि आउनेपर्ने बताउँदै यस्ता कार्यहरूले यहाँ क्षेत्रीय जनतालाई नै रोजगार को अवसर प्राप्त हुने पनि उनले बताए। उनले अब त्रिवेणीलाई प्लास्टिक फ्री जोन पनि घोषित गरेर त्रिवेणीमा बोर्डहरू जगा जगा लाउनु पर्ने बिचार पोखे।

आजको कार्यक्रममा हिमालयन हाईवे डिजास्टर म्यानेजमेण्ट सोसाइटीले पनि अंशग्रहण गरेको थियो। सोसाइटीले सन् २०१५ देखि यता राष्ट्रीय राजमार्ग १० मा जति पनि गाड़ी दुर्घटना भयो अनि दुर्घटना ग्रस्त बनेर टिस्टा नदी झरेका यात्रीहरूलाई बचाएको अनि फस्ट एड प्रदान गरेको तस्वीरहरू त्रिवेणी चउरमा एउटा स्टल बनाएर प्रदर्शित गरेको थियो।

जसबारे सोसाईटीका अध्यक्ष श्रवण बागदासले विनय तामङलाई जानकारी गराए। तामाङले जीटीए मार्फत एउटा एम्बुलेन्स दिने घोषणा पनि गरे। एङगलिङ खेल प्रतियोगितामा ५० भन्दाअधिक एङ्गलरसहरूले अंशग्रहण गरेका थिए। एङगलरहरू सिक्किम, दार्जिलिङ खेल प्रतियोगितामा सबैभन्दा छिटो माछा पक्रने अनि सबैभन्दा ठूलो माछा पक्रने प्रतिस्पर्धा थियो।

जसमा सबैभन्दा ठूलो माछा जीके लेप्चा स्थानीय मङ्वा निवासीले फेला पारेका थिए जो यस केटागोरीमा प्रथम भए। सबैभन्दा छिटो माछा फेला पिर्ने कालेबुङ सात माईल निवासी अविनाश तामङ थिए। यस कार्यक्रमको उतरार्धका विशिष्ट अतिथि जीटीए पर्यटन विभाग चियरमेन सोनाम याख्खा थिए।

कार्यक्रममा गोजमुमो कालेबुङ जिल्ला कमिटी का पदाधिकारियीगण, कालेबुङ जिल्ला कमिटी लिगल सेल सदस्य सञ्जोक गुप्ता, कालेबुङ नगरपालिका पार्षदगण तकलिङ पेशोक समष्टि नारी मोर्चा संयोजिका मन्दिरा घिसिङ, गोजमुमो टिस्टा शाखा अध्यक्ष हरि तिमसिना,  गोजमुमो टिस्टा शाखा सचिव महेन्द्र राई आदिको उपस्थिति थियो। कार्यक्रमको सञचालन दिलिप प्रसादले गरेका थिए भने हिमालयन एङ्गलरस कन्जरभेसन अर्गनाइजेसनका अध्यक्ष जिगमी लाचुङपाअनि टिस्टा रङ्गीत राफ्टरस अनर वेलफेयर एसोसिएशन अध्यक्ष रोशन भुजेल अनि उनीहरूको टोलीको सहयोगमा आजको कार्यक्रम सम्पन्न भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया