पर्यटन उत्सवमा माउन्टेन साइक्लिङ

विज्ञापन

कालेबुङ, 30 दिसम्बर: कालेबुङमा सम्पन्न भइरहेको दुईदिने टिस्टा-रङ्गीत पर्यटन उत्सवको आज अन्तिम दिन साहसिक पर्यटनलाई विकसित गर्ने उद्देश्यले माउन्टेन साइक्लिङ प्रतियोगिता पनि राखिएको थियो। प्रतियोगितामा कालेबुङ, दार्जीलिङ, बाघडुग्रा, खरसाङ आदि क्षेत्रका 30 भन्दा धेर साइक्लिस्टहरूले सहभागिता जनाएका थिए। मुख्य गरेर कालेबुङमा पर्यटकहरूलाई आकर्षित गर्न माउन्टेन साइक्लिङको सम्भावना धेरै रहेको कारण उत्सवअवधि यो प्रतियोगिता पनि राखिएको आयोजकपक्षले जनाएको छ।

प्रतोयिगाता शुरू हुनअघि प्रतियोगिहरूलाई स्थानीय स्कूलका ब्याण्डहरूको साथमा टाउनहलदेखि डम्बरचोकसम्म ल्याइएको थियो। यस अवधि मेनरोडमा व्याण्ड डिस्प्ले पनि गरिएको थियो।

कार्यक्रममा रकभेल एकाडेमीका प्राचार्य प्रकाशमणि प्रधान मुख्य अतिथिका रूपमा उपस्थित थिए। मुख्य अतिथिद्वारा माउन्टेनिङ साइक्लिङ प्रतियोगिताको शुभारम्भ गरिएको थियो।

माउन्टेन इन्डुरु बाइकिङको नामले पनि चिनिने यस प्रतियोगिता कालेबुङ डम्बरचोकदेखि शुरू भएर डेलो हुँदो पेदोङससम्मको लगभग 25 किलोमिटरको यात्रा पूरा गरेपछि टुङ्गिएको थियो। उत्सवको आज अन्तिम दिन राफ्टिङ, एङ्गलिङ, प्याराग्लाइडिङसितै मेलाग्राउण्डमा विभिन्न रङ्गारङ्ग कार्यक्रम पनि सम्पन्न भयो।

जीटीए पर्यटन विभागका चियरमेन सोनाम याक्खाले पत्रकारहरूसित कुराकानी गर्दै उत्सवले पहाडको पर्यटन विकासलाई पुनः आफ्नै गरीमामा फर्काइल्याउन धेरै सहयोग पुग्ने बताए। उनले आन्दोलनको कारण पहाडको पर्यटन व्यवसाय 95 प्रतिशत घटेर गएको बताए। यसैले पर्यटन व्वसायलाई पुनः विकसित गर्ने जीटीएको उद्देश्य रहेको भन्दै पहाडको पर्यटन विकासका दिशामा जीटीएले धेरै परिकल्पनाहरू तयार पारेर कार्यन्वयन गर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया