गोर्खा राष्ट्रिय युवा मोर्चाले युवाहरूलाई सही बाटो देखाउने

विज्ञापन

कालेबुङ, 30 दिसम्बर: ‘अहिले दार्जीलिङ-पहाडका युवाहरूलाई मिसगाइड गरिने काम भइरहेको छ। धेरै युवाहरूले छिटो पैसा कमाउन छोटो बाटो रोजिरहेका छन्। उनीहरूलाई सही बाटो देखाउने हाम्रो उद्देश्य हो।’

उपरोक्त कुरा गोरायुमो कालेबुङ जिल्ला समितिका युवा संयोजक सन्तोष राईले भनेका हुन्। एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अहिले विभिन्न राजनैतिक कारणहरूले गर्दा युवाहरूले गलत बाटो पक्रिरहेको बताए। उनले उक्त बाटो गलत रहेको भन्दै गारायुमोले युवाहरूलाई सचेत गराउन आगामी 7 दिसम्बरका दिन एउटा सेचतना कार्यक्रम आयोजना गरेको बताए।

उनले दार्जीलिङ पहाडमा कुनै पनि विकास हुन नसकेको दावी गर्दै केवल स-साना मरमत्तिका कामहरूलाई विकास भन्न नमिल्ने बताए। रोजगार, संस्थानहरूको स्थापना आदिलाई मात्र विकास भन्नसकिने दावी गर्दै पहाडमा यस्ता विकासमूलक कार्य कुनै पनि नभएको बताए।

यसैले अहिलेका युवाहरू सचेत हुन जरूरी रहेको बताउँदै युवाहरूलाई सही दिशानिर्देश गर्ने उद्देश्यले नै गोरायुमोले युवा सचेतना कार्यक्रम गरिरहेको बताए।

पत्रकार सम्मेलनमा समष्टि शाखा अध्यक्ष रविन थापा, पूर्व पार्षद् वेञ्जामिन भोटिया, जिल्ला कमिटीका कार्यकारी सद्स्य हर्क शिशाल अनि लाक्पा तामाङ उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया