गोजमुमो शाखा समितिहरूको गठन

विज्ञापन

दार्जीलिङ, 30 दिसम्बर।


गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङका विभिन्न स्थानहरूमा शाखा समितिहरूको गठन लगाताररूपमा गरिरहेको छ। गाउँमा शान्तिसँगै विकास ल्याउन अनि जीटीए अध्यक्ष विनय तामाङ र उपाध्यक्ष अनित थापाको हात बलियो बनाउनको लागिनै भर्खरै अप्पर लामास शाखा र लोअर बेनकवर्ण शाखाको गठन गरिएको क्रमैले अम्बर गुरूङ र शिव थापाले जानकारी गराए। गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको हात बलियो बनाउनको लागिनै अप्पर लामास शाखा गठन गरिएको छ, जसमा अध्यक्ष देवराज गुरूङ, सचिव अनिल छेत्री, उपसभापति रोहित गुरूङ, मणिकुमार सुब्बा, सहसचिव सञ्जीत छेत्री, महेश छेत्री, कोषाध्यक्ष डीबी थापालगायत 18 जनालाई कार्यकारी सदस्य बनाइएको अम्बर गुरूङले बताए। यसरीनै गोजमुमो लोअर बेनकवर्ण शाखामा अध्यक्ष शिव थापा, उपसभापति सुवास राई, सचिव अमित राई, कोषाध्यक्ष विशाल थामी, प्रचार-प्रसार सचिव विनय राई र 6 जनालाई कार्यकारी सदस्य बनाइएको शिव थापाले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया