दार्जीलिङमा काटियो रोड डिभाइडर

विज्ञापन

दार्जीलिङ, 30 दिसम्बर।


दार्जीलिङको ट्राफिक व्यवस्थालाई असल बनाउने अनि बटुवाहरूलाई पनि सुविधा उपलब्ध होस् भन्ने उद्देश्य् लिएर लेबोङ कार्ट रोडमा लगाइएका लाभग 7 वटा रोड डिभाइडरको फेदैमा काटेर छताछुल्लै बनाइएको छ। यसको विरोधमा दार्जीलिङ ट्राफिक ओसी दोर्जे शेर्पाले दार्जीलिङ सदर थानामा अज्ञात व्यक्तिहरू विरूद्ध मुद्दा पनि दर्ता गरेका छन्। उनले भने-यहाँका केही मानिसहरूका मानसिकता बुझ्नै सकिन्दैन।

यी रोड डिभाइडरले दार्जीलिङ शहरलाई राम्रै देखिएको थियो, यसलाई पनि सहन सक्तैनन्। यसैले हामीले अज्ञात व्यक्तिहरू विरूद्ध सदर थानामा मुद्दा दर्ता गरेका छौं। उनले जानकारी गराएअनुसार, दार्जीलिङ ट्राफिक पुलिसले लगभग 1 महीनाअघि मात्रै दार्जीलिङ शहर मध्यमानै पर्ने लेबोङ कार्ट रोड, गोयन्का रोड आदि क्षेत्रमा 200 वटा जति रोड डिभाइडर लगाएको थियो। यी रोड डिभाइडरले गर्दा ट्राफिक व्यवस्था पनि राम्रो भएको छ साथै यसले यहाँका सड़कहरू पनि राम्रो देखिएको छ। तर यी रोड डिभाइडरहरूनै काटिदिइएको छ। तरै पनि ट्राफिक पुलिसमा निराशा आएको छैन। जसअन्तर्गत ट्राफिक पुलिसले यहाँको घूम-जोरबङ्लो स्ट्याण्डमा प्यासेन्जर सेड पनि बनाइदिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया