बिजनबारीमा ४ करोड ५० लाखको लगानीमा बाटो शुरुः बिजनबारी चाँडै महकुमा हुने आशा छ- विनय तामाङ

विज्ञापन

सञ्जय निरौला, बिजनबारी 30 दिसम्बर 2017


‘आजभन्दा अधि धेरै बोलियो काम कम भयो। अब कम बोल्ने बोलेजती काम गर्नेछु। पहाडलाई समस्यैसमस्याले घेरेको छ। अब त सपनामा पनि समस्या आउन थालेको छ। पहाडलाई बिकासको माध्यमबाट अगाडि लान थाँतीमा रहेका कामहरू भटाभट गर्नुछ,’ जिटीए अध्यक्ष विनय तामाङले भने, ‘कामसगै जनतामा समर्पित रहने छु।  पहाडको बिकासमा मुख्यत पर्यटन, शिक्षा, पानी तथा यातायातलाई प्रमुख रूपमा लिएर काम हुनेछ। सरकारसित बातचित भएको छ।’

विनय तामाङ बिजनबारी बजार नजिक रेलिङ फोरजिरोदेखि दङियासम्म ६ किलोमीटर प्रधानमन्त्री ग्रामीण सडक योजनाबाट बन्न लागेको बाटोको शिलान्यास गर्न आएका थिए। उनले उक्त कुरा त्यहीँ भनेका हुन्।

‘बिजनबारीलाई खण्ड बनाउने नारा रङ्गीत पारी हुन सकेको थिएन। मैले बङ्गाल सरकार सामु कुरा राखेको छु,’ उनले थपे,  ‘यसबिषयमा कामहरू भइरहेको छ। बिजनबारी चाँडै महकुमा हुने आशा छ।’ उनले आज बाटो निर्माणको शुरूआत भएको जो काममा स्तरीयता हुनुपर्ने बताए। उनले कामकै समयमा जनताले काम सही नभएको खण्डमा कम्पलेन गर्नुपर्ने पनि बताए।

आफू कमिसनमा कदापि काम नगर्ने तथा अब नेता होइन पहाडमा जनता बिकासबाट मोटाउनुपर्ने पनि उनले बताए। आफूले शत्रुविहिन राजनीति गर्ने बताउँदै आफू कोठामा बसेर राजनैतिक होइन जनतासामु आएर काम गर्ने पनि बताए। प्रत्येक समष्टिमा ३० वटाको दरले गीतान्जली आवस योजना मार्फत घरहरू बनिने उनले बताए।

रेलिङ कैजले समष्टिको आयोजनामा भएको उक्त कार्यक्रममा महकुमा संयोजक सतिश पोख्रेल, साङ्गठनिक प्रमुख एलएम लामा, राजेन सुब्बा कार्यकारी सभापति रेलिङ कैजले समष्टि सिरिमान राई, सभापति पुल बिजनबारी गोक समष्टि बी आर राई, सभापति चुङथुङ तामसाङ  समष्टि सन्दीप छेत्री, महकुमा प्रवक्ता तथा सम्बन्धि विभागबाट इन्जिनियर रूपेन्द्र ठकुरी  लगायत गोजमुमो समर्थकहरूको बाक्लो भिड थियो।

विनय तामाङले नरिबल फुटाएर बाटोको शिलान्यास गरेका थिए।

105 दिने आन्दोलनले कृषकहरूले अत्यन्तै दुःख पाएको जिकिर गर्दै उनीहरू बाँकीमा चुर्लुम डुबेको सतिश पोख्रेलले बताए भने अबउसो पहाडमा यस्तो गल्ती नहुने पनि उनले बताए। २०१८ सालमा राजनैतिक खिचातानी होइन विकासको खिचातानी हुनुपर्ने उनले जोड दिए।

लगभग ४ करोड ५० लाखको लगानीमा प्रधानमन्त्री ग्रामिण सडक योजना अन्तरगत  बन्न लागेको उक्त योजना लगभग २ वर्ष भित्रमा बनिने भएको छ भने उक्त कामको ठेका सेवारो कस्ट्रसनले गर्ने भएको छ।  शरण स्याङ्बोको सभापतित्वमा भएको कार्यक्रममा राजेन सुब्बाले स्वागत सम्बोधन राखे भने कार्यक्रम सञ्चालन बिकास राइले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया