फेयरट्रेड प्रिमियम कमिटीले गऱ्यो 5000 रूपियाँको आर्थिक अनुदान

सजन शर्मा,पोख्रेबुङ, 30 दिसम्बर।


फेयरट्रेड प्रिमियम कमिटी (एफपीसी)नागरी चियाबारी मगरजोङको बार्षिक साधरण सभा शनिबार सम्पन्न भयो। सभामा उपस्थित पदाधिकारी अनि सदस्यहरूले चियाबारीको संरक्षण र सम्वर्द्धनसँगै चिया श्रमिकको हक र हितमा आ आफ्नो बिचार राखे।

शैक्षिक सत्र 2017 को माध्यमिक अनि उच्चमाध्यमिक तथा यसा बराबरीको  परीक्षामा उत्कृष्ट अङ्क लिएर सफल हुने 6 जना विद्यार्थीलाई सम्वर्द्धना जनाउनुका साथै  5000 रूपियाँको आर्थिक अनुदान अघिल्लो शिक्षाको निम्ति प्रदान गरियो।

यसैबिच प्रिया राईलाई उनको छोराको आँखाको उपचारको निम्ति 10000 रूपियाँको चेक प्रदान गरियो। सभामा प्रत्येक गाउँलाई 2,140 वटा प्लास्टिकको चौकी अनि दुइ सेट ग्यास चुल्हा वितरण गरिने निर्णय लिइएको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन