गुरूङ (तमु) तोला ल्होसार पालन

विज्ञापन

मिरिक, 30 दिसम्बर


आज गुरूङ (तमु) तोला ल्होसार। विश्वभरिका गुरूङ समुदायमा भव्य रूपमा सम्पन्न गरिन्छ। १२ वटा ल्हो परिवर्तन हुने क्रममा च्यह ल्हो वा चरा वर्गलाई विदा दिएर खी ल्हो अथवा कुकुर वर्ग आजदेखि शुरू भएको गुरूङ समुदायले मानिलिन्छन्। यसै क्रममा आज मिरिकमा पनि विगत वर्षहरूमा झैं तमुहरूले भव्यरूपमा पालन नगरेर साधरणरूपमा पालन गरे। गुरूङहरूले आफ्नो उत्पत्तिदेखि प्रकृतिको पूज-अर्चना गर्दै आएता पनि आज विभिन्न धर्माआदिमा विश्वास राख्ने गरेको भएतापनि ल्होसार पर्व सबै एकमुष्ठ भएर प्रकृतिको पूजा गर्ने क्रम आज पनि जारी राखेको मिरिकमा वर्षेनि आयोजना गरिने ल्होसार पर्वले पुष्टि हुदँछ।

यसै शिलशिलालाई अघि लगाँउदै आजपनि मिरिकमा थर्बु प्राथमिक पाठशाला युनिट एक नजिक रहेको गुरूङ समुदायको पूजा स्थानमा गुरूङहरू भेला भएर आफ्नो परम्परागत पूजा गरेर खी ल्होसार को पावन अवसरमा सम्पूर्ण जग-जीवनको सुख, समृद्धि, शान्ति अनि जगमा कुनै त्यस्तो आपदा, दुःख, प्रकोप नलागोस् भनि प्रकृति पूजा अवधिमा प्रकृतिलाई विन्ति गरियो।

ततपश्चात् सम्पूर्ण जनमानसमा खी ल्होसारको शुभेच्छा शुभकामना व्यक्त गरियो। उक्त पूजा अवधिमा मिरिकका सर्व भारतीय गुरूङ सङ्गठनका सभापति डङ्कन गुरूङ,  अनि प्रतिनिधिहरू लगायत अन्य साधारण व्यक्तिहरूको उपस्थिति थियो जसमा केआर गुरूङ, किशन गुरूङ, दिपेन गुरूङ, प्रेमकुमार गुरूङ, केबी गुरूङ, सुभाष गुरूङ, राजकमल गुरूङ, प्रमोद गुरूङ, टिका गुरूङ, आदिको उपस्थितिमा प्रकृतिको पूजा पश्चात लुङ्दर एवं लुङ्गता खड़ा गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया