मिरिकमा पर्यटन उत्सव

विज्ञापन

मनोहर शर्मा, मिरिक ३० दिसम्बर।


मिरिकमा दुईदिने टिस्टा रङ्गीत पर्यटन महोत्सव आजदेखि शुरू भयो। महोत्सवका प्रमुख अतिथि एसडीओ मिरिक अश्विनी कुमार रोय, विशिष्ठ  अतिथि मिरिक  नगरपालिका अध्यक्ष एलबी राई, मिरिक एसडीपीओ अरिन्दम अधिकारी, मिरिक थाना प्रभारी सुजित लामा, मिरिक नगरपालिका उपाध्यक्ष एम के जिम्बा, मिरिक खण्ड विकाश अधिकारी अमिताभ भट्टचार्य, सह अधिकारी नवाङ टी भुटिया, सीओ एस एस एफ शुभङ्कर भट्टचार्य र अन्य नगरपार्षदहरू आदिको उपस्थिति रहेको थियो।

प्रमुख अतिथिलाई मुल गेटबाट घोडामा चढाएर भव्य स्वागतको साथमा कार्यक्रम स्थलमा ल्याइएको थियो। अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे भने विभिन्न कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। आजको कार्यक्रममा म्याराथन दौड, बेबी शो, हर्स राइडिङ , बोटिङ्ग आदि कार्यक्रमहरू समावेश गरिएको थियो।

देशीविदेशी पर्यटकहरूले पनि आ आफ्नो प्रतिभा प्रस्तुत गरे। विभिन्न स्टलहरूको उद्घाटन पनि अतिथिहरूले गरे भने मिरिक लेक साइडमा यो कार्यक्रम आयोजना गरिएको थियो। मिरिक नगरपालिका अध्यक्ष अनि जीटीए सदस्य एलबी राईले यो पर्यटन उत्सवले पर्यटकहरूमा सकरात्मक प्रभाव परेको भन्दै मिरिकमा अब पर्यटकहरूको आगमनमा बृद्धि हुने आशा व्यक्त गरे।

यो उत्सवको भोलि अन्तिम समापन हुनेछ जहा भारत नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया