घर जल्नुमा राजनीति छैनः सुजना

दार्जीलिङ, 31 दिसम्बर: सिंगला चियाबगानस्थित सिरूबारी निवासी सुजना राईको घर राजनैतिक कारण जलेको वा जलाइएको होइन भन्ने स्पष्टीकरण स्वयं सुजना राईले आज प्रेसमा दिइन्। उनले आफ्नो घर जलेर खरानी भएको विषयलाई सामाजिक सञ्जालहरूमा राजनीतिसित जोड्ने कार्य भइरहेको विषयमाथि आपत्ति जनाउँदै यसमा राजनीति नरहेको बताइन्।

उनले भनिन्-दुइ दिनअघि मात्रै म मेरी एक छिमेकी साथी बिरामी भएको कारण उनलाई हेर्न घरबाट निस्किएकी थिएँ, घऱबाट निस्किएको लगभग 10 मिनटपछि म घर फर्किएको थिएँ, तर घर पुग्नलाग्दा घरबाट आगोको मुस्लो निस्किरहेको देखें। तर मेरो घरमा कसरी आगो लाग्यो, केही थाह पाउन सकेकी छुइनँ।

उनले आफ्नो घरमा आगो लागेको घट्ना बिहान लगभग 11 बजीको हो भन्ने पनि जानकारी गराइन्। उनले भनिन्-मेरो घरमा मेरा आफ्नै आमा-बाबा, सासुआमा, बोल्न नसक्ने छोरी पनि छन्, तर घरमा आगो लाग्दा संयोगवश मेरी छोरी पाइखाना गएकी थिइन्। यसैले उनलाई केही भएन, तरै पनि उक्त आगलागीको कारण मेरा आमा र बाबा सामान्य घाइते भएका छन्। उनले त्यस बिहान आफैले पूजा गरेको बताउँदै पूजाकोठामा जलाइएकोले दीयोबाट घरमा आगो लाग्न शुरू भएको हुनै नसक्ने पनि जनाइन्। तर उक्त दिन लागेको आगोले आफ्नो घरसँगै राशिन कार्ड, छोराका स्कूलका दस्तावेजहरूका साथै सम्पूर्ण सामाग्रीहरूनै नष्ट भएको पनि उनले जनाइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन