किराती खम्बु राई सांस्कृतिक संस्थान नागरी फार्मको वार्षिक साधरण सभा एवं भित्ते पत्रिका विमोचन 4

सजन शर्मा /सुके-पोख्रेबुङ 31 दिसम्बर:  किराती खम्बु राई सांस्कृतिक संस्थान नागरी फार्मको वार्षिक साधरण सभा एवं खम्बु संस्कृतिमा आधारित भित्ते पत्रिका विमोचन समारोह स्थानीय सार्वजनिक भवनमा आइतवार सम्पन्न भयो। संस्थानका शाखा अध्यक्ष टीएम राईले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ सदस्य प्रेम राई रहेका थिए।

एसके बान्तावा, सीपी बान्तावा, पीबी राई तथा एनबी राईको विशिष्ट आतिथ्यमा एसबी राईले सञ्चालन गरेको कार्यक्रममा कुमार राईले स्वागत भाषण राखे। संस्थानका पदाधिकारी ,प्रतिनिधि साथै सदस्यगणको बाक्लो उपस्थिति रहेको कार्यक्रमको पहिलो चरणमा खम्बु संस्कृतिमा मुख्य मानिएको पारूहाङ-सुम्निमाको प्रतिकृतिमा दीप प्रज्ज्वलन गरिएको थियो।

क्यालेण्डर प्रकाशनबारे मिलन राई थुसमोसिसले प्रकाश पारेको कार्यक्रममा शोधार्थी सुमन बान्तावाले आफ्नो महत्वपूर्ण सुझाउ राखे। केन्द्रिय सदस्य सीडी बान्तावाले खम्बुहरूको ऐतिहासिक तथ्याङ्कहरू प्रस्तुत गरे। सचिव एनबी राईले आय व्ययको फाटँवारी पेश गरे। कार्यक्रमको अन्तमा अघ्यक्ष टीएम राईले अध्यक्षिय सम्बोधनसँगै धन्यवाद ज्ञापन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन