हिल सोसियल द्वारा बार्षिक कार्यक्रम

विज्ञापन

रिम परिचित/पेशोकः 30 दिसेम्बर: बाल-बालिकाहरुको सेवाकार्यमा अग्रसर गैर सरकारी संस्था हिल सोसियल वेलफेयर सोसाईटी कालेबुङ जिल्लाको सौजन्य अनि लप्चु डाँड़ा गावँ एन एफ ई केन्दको तत्वधानमा बार्षिक कार्यक्रम 2017 बिभिन्न कार्यक्रमको प्रस्तुति संगै सम्पन्न भयो।

स्थानीय ग्राम सुधार समाजका उपसभापति उमेश खवासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिल सोसियल वेलफेयर सोसाईटीद्वारा गरिएको कार्य माथि परियोजना संयोजक गोविन प्रधानले संक्षिप्त जानकारी गराए भने सह-संयोजिका अनुजा तामाङले विगत 2010 साल देखि आज पर्यन्त लप्चु अनि पेशोक चियाबारी क्षेत्रका ती बाल-बालिकाहरूको विकासमा लागिपरेको भन्दै नानीहरू अनि महिलाहरू माथि पनि कार्य गरिँदै आएको जानकारी गरइन्।

युवा राज प्रधानले संचालन गरेको उक्त कार्यक्रममा लप्चु चियाबारीका चारै केन्द्रका बाल बालिका हरुले नेपाली, हिन्दी गीतमा नृत्य प्रदर्शन गरेर मनोरञ्जन दिलाए। पेशोकका राजु गुरुङले पर्यावरण माथि चेतना जगाउदै कविता पठन गरे भने लप्चुका आदर्श छेत्रीले बाल अधिकार माथि छोटो सम्भाषण प्रस्तुत गरेका थिए । यसरी नै कार्यक्रमको दोस्रो चरणमा पेशोक अनि लप्चुका ती बाल बालिकाहरुलाई सम्बर्द्धना जनाइयो । ती नानीहरू जसले आफनो निःस्वार्थ सेवा हिल सोसियल वेल फेयर सोसाईटीलाई दिएर सेवा दिएका थिए भने कतिपय कार्यक्रमतिर क्षेत्रको प्रतिनित्व पनि
गरेका थिए। उनीहरुले सोसाईटीप्रति दिइएको निःस्वार्थ सेवाको कदर गर्दै उक्त सम्बर्द्धना दिइएको सोसाइटीको पक्षमा निमा वाङदी शेर्पाले बताए। ती पाँचजना सम्बर्द्धित नानीहरू पुनम राई ( पेशोक ), राज प्रधान, रोहन प्रधान ,सोनु राई अनि अंजिता छेत्री हुन्। सम्बर्धना पश्चात बस अनि चित्र बनाऊ प्रतियोगिताका प्रथम ,दोस्रो अनि तेस्रो स्थान ओगट्न सफल बाल बालिकाहरुलाई पनि पारितोषिक प्रदान गरियो। उक्त सम्बर्द्धना पत्र अनि पारितोषिक कार्यक्रमका अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। आज सम्पन्न कार्यक्रमले लप्चुको मन ठुलो भँएको आफ्नो अध्यक्षीय सम्बोधनमा उमेश खवासले भने । खवासले सोसाईटी द्वारा संचालित कार्यको प्रशंसा गर्दै सदा यस प्रकारको कार्यक्रमहरुको आयोजना गरियोस भन्ने मन्तव्य पनि गाउँबासीको रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया