पेशोक सरस्वती उच्च माध्यमिक विद्यालयमा सम्बर्द्नासितै बिदाइ कार्यक्रम

विज्ञापन

रिम परिचित/पेशोकः 31 दिसम्बर: पेशोक स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा सम्बर्द्धनासितै बिदाइ कार्यक्रम सम्पन्न भयो। सरस्वती उमावि पेशोकका सहशिक्षक भीम प्रसाद गुरुङले 31 बर्षको कार्यकाल पुर्ण भँए बापत अवकाश लिएका छन। गुरुङको आदर्श गुण अनि निष्ठापूर्ण कार्यशैलीको कदर गर्दै विद्यालय परिवारको पक्षबाट सम्बर्द्धना जनाइयो। अवकाश लिएका शिक्षक गुरुङलाई अङ्गवस्त्रसितै एक तोलाको औँठी अनि सम्बर्द्धना-पत्र प्रधान अध्यापक नरेन्द्र योञ्जनको बाहुलीबाट प्रदान गरिएको थियो। आफ्नो सम्बोधनमा भावुक देखिएका गुरुङले विद्यालयलाई शैक्षिक विकासको क्षेत्रमा पेशोकको नाम अक्षुण रहने आशा व्यक्त गरे भने निकट भविष्यमा विद्यालयमा विज्ञान विषय पनि शुरू होस् भन्ने कामना गरे।

शिक्षक गुरुङले आगमी बर्ष देखि उत्कृष्ट अङ्क लिएर सफल हुने विद्यार्थीको एघाह्रौँ श्रेणीको सम्पूर्ण खर्च आफुले बेहोर्ने घोषणा गरे। गुरुङको सुझाउलाई शिरोपर गरेको बताउँदै हाल पेशोकको गरिमालाई यथावत राख्न सरस्वती उमावि सदा अग्रसर रहेको अवगत गराए भने विद्यालयको आधारभूत आवश्यकतालाई पुरा गर्नु पर्नेमा सम्बन्धित पक्षको ध्यानार्कषण गराए। रिटार्यड डिएफओ हरि राई मुख्य अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय संचालन समितिका सभापति रमेश लामाले गरेका थिए।

विद्यालयका दशौँ अनि बाह्रौ श्रेणीका छात्र छात्रावर्गलाई मुख्य अतिथि हरि राईले अग्रिम शुभकामना दिए भने प्रधान अध्यापक योञ्जनले खदा लगाएर आगामी परीक्षाको निम्ति शुभकामना प्रकट गरे। यसरी नै यसै बर्षको माध्यमिक अनि उच्च माध्यमिकमा उत्कृष्ट अंक लिएर सफल हुने छात्र छात्राहरुलाई नगद राशी
प्रदान गरियो भने अन्तरी तामङ छात्रवृति अन्तर्गत सोनाम तामङले उक्त छात्रवृति प्राप्त गरे। याद रहोस् कि पंखरे गावं निवासी शारण लामा द्वारा आफनो बोजूको सम्झनामा उक्त छात्रवृति दिइएको हो। अर्कोतिर पाँचौ देखि नवौ श्रेणी सम्मका छात्र छात्रहरु जो गत बर्षको बार्षिक परिक्षामा प्रथम अनि दोस्रो स्थान ओगटन सफल भए उनीहरूलाई कार्यक्रमका अतिथिहरूको हातबाट पारितोषिक अनि मेरिट प्रमाण-पत्र प्रदान गरियो । सहशिक्षक नविन गुरुङ ,छात्र परिक्षित अनि शर्मिलाको संचालनमा सम्पन्न कार्यक्रममा रङ्गारङ कार्यक्रम राखिएको थियो भने छात्र सुमन छेत्रीले आफ्नो कविता प्रस्तुत गरे। विद्यालयले आज पर्यन्त गर्दै ल्याएको कार्यहरूको मनन् साथै मूल्याङ्कन गरिनुपर्ने आफ्नो अध्यक्षीय सम्बोधनमा रमेश लामाले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया