मन्सोङमा पुरस्कार वितरण कार्यक्रम

विज्ञापन

अलगड़ाः 31 दिसम्बर: मन्सोङ निम्न बुनियादी पाठशालामा पुरस्कार वितरण एवं वार्षिक कार्यक्रम सम्पन भयो। पाठशाला भवनमा सम्पन कार्यक्रममा मुख्य अतिथिका रूपमा सिन्कोना बगानका सह व्यस्थापक डीडी मुखिया रहेका थिए भने कार्यक्रमको अध्यक्षता पाल्देन लामाले गरेका थिए। सन् १९१४ सालमा स्थापित भएको मन्सोङ निम्न बुनियादी पाठशालाको आफ्नो छुट्टै विशेषता पनि रहेको छ। जसले गाउँको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

दीप प्रज्वलन गरी आरम्भ गरिएको कार्यक्रममा केही दिनअघि दिवङगत भएका स्कूलका एक अभिभावक सङ्गीता तामाङको आत्मा शान्तीका लागि मौनधारण गरियो। कार्यक्रममा विधार्थीहरूलाई वार्षिक परिक्षाफल अनि पुरस्कार वितरण गरियो भने पाँचौ श्रेणीका विधार्थीहरूलाई समृति चिन्ह अनि खदा माला गरी विदाइ पनि जनाइएको छ।

यसरी नै नन्दी फाउण्डेसनद्धारा उपलब्ध गराइएको स्कूल व्याग वितरण गरियो भने शिक्षा विभागबाट ल्याइएको स्कूल ड्रेसहरू पनि विधार्थीहरूलाई वितरण गरिएको छ। पाठशालाका विधार्थीहरूद्धारा नृत्य, गीत, कविता आदिको प्रस्तुति दिएका थियो। मुख्य अतिथि डीडी मुखियाले आफ्नो सम्बोधनको क्रममा पहाड़मा हाल खस्कँदै गइरहेको स्थितिमा रहेका सरकारी पाठशालाहरूको प्रशङग झिक्दै मन्सोङको यस पाठशालाले एक छुट्टै उदहारणको गरिमा तयार गर्न सफल बनेको बताए।

यसमा शिक्षक शिक्षिकाको परिश्रम अनि योगदानको कारण रहेको पनि उनले थपे। यसरी नै पाठशालाका प्रधान अध्यापक सोनाम काबोले पनि आफ्नो सम्बोधनमा पाठशालाले हालम्म गर्दै आइरहेको शिक्षादानको कार्यप्रणालीबारे उपस्थित अतिथि अनि अभिभावकहरूलाई जानकारी गराए।

विगत धेरै वर्ष अघिको तुल्नामा पाठशालाको व्यस्थापन अनि शिक्षण प्रणालीमा पनि केही परिवर्तन भइरहेको भन्दै यसको उपलब्धीहरू पनि समाजको आँखाअघि रहेको बताए। जसका लागि नागरिक समाजप्रति पनि उनले आभार प्रकट गरे। जीटीए विभागबाट निर्माण गरिएको पाठशाला भवनको निर्माण कार्य प्रायः पुरा हुन लागेको अनि आगामी मार्च महिनामा भवनको उद्घाटन गरिने भएको पनि जानकारी गराएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया