मिरिक पर्यटन महोत्सवको समापन: एलबी राईसित मिलेर मिरिकको विकास गर्नेछौँ-विनय तामाङ

विज्ञापन

मनोहर शर्मा/ मिरिक, 31 दिसम्बर:  टिस्टा-रङ्गीत पर्यटन महोत्सवको दोस्रो दिन आज मिरिकमा विविध रङ्गारङ्गी कार्यक्रमको साथमा समापन गरियो। आजको प्रमुख अतिथि जीटीएका अध्यक्ष विनय तामाङ थिए भने कार्यक्रम अध्यक्ष मिरिक नगरपालिका अध्यक्ष एलबी राई थिए। आज बिभिन्न कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने अतिथिहरुले मिरिकको विभिन्न पर्यटन स्थलहरूको विषयमा तयार गरिएको वृत्तचित्र पनि हेरे।

प्रमुख अतिथि विनय तामाङले भने, मिरिक उसै पनि सुन्दर छ यसलाई मुखले सुन्दर बनाउने आश्वासन धेरैले दिए तर केही भएन। अब हामी एल बी राईसँग मिलेर यहाँको सर्वाङ्गीण बिकाश गर्ने छौँ।

उनले जीटीएले पर्यटन विकास धेरै परियोजनाहरू तयार गरेको बताउँदै यो महोत्सवले पर्यटन व्यवसाय फस्टाउनमा धेरै सहयोग पुयाउने आशा ब्यक्त गरे । अब भावनामा राजनीति गरेर हुँदैन, यथार्थमा आएर पहाडको विकास गर्नुपर्छ भन्दै उनले सबैको सहयोगमा पहाडमा बिकासको मुल फुटाउने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया