गोर्खालीगले निर्दल उम्मेद्वारहरुलाई सघाउने

विज्ञापन

  • दार्जीलिङ खबरदाता, 6 मई/2017

अखिल भारतीय गोर्खालीगले यसपालीको नगरपालिका चुनाउमा दार्जीलिङका 7 वटा वार्डबाट खड़ा भएका स्वतन्त्र उम्मेद्वारहरुलाई समर्थन जनाउने आज घोषणा गरेकोछ। जसमा वार्ड नम्बर 4, 6, 10, 11, 14, 17 र 32 छन्।

आज यसैको घोषणा गर्दै गोर्खालीगका उपाध्यक्ष लक्ष्मण प्रधानले भने-यसपालीको नगरपालिका चुनाउमा गोर्खालीगले भाग लिएन, तरै पनि गोर्खालीगका धेरै समर्थक छन्, यसैले यी वार्डहरुमा निर्दल उम्मेद्वारका रूपमा खड़ा भएका असल सामाजिक छवी भएका प्रार्थीहरुलाई पार्टीले सघाउने निर्णय लिएको छ। यसका साथै गोर्खालीगको युवा एकाई तरूण संघका अध्यक्ष विप्लव राईले तृणमूल कङ्ग्रेसका नेता एवं राज्यका मन्त्री इन्द्रनील सेनको बयानलाई दुर्भाग्यपूर्ण बताउँदै जनाकांक्षा पूर्तिको लागि सम्पूर्ण गोर्खा समुदाय एक हुनपर्ने आह्वान गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया