चिट फण्ड कम्पनीले लुट्यो कालीझोडावासीलाई

विज्ञापन

  • उमेश परियार, काली झोडा, 6 मई/2017

केही वर्षअघि सारदा चिट फण्ड काण्डपछि यता यस्ता विभिन्न चिट फन्ड कम्पनीहरू बन्द हुने क्रममा सुरक्षा अनि ओमिशा चिट फन्ड कम्पनी पनि बन्द भयो। जसको फलस्वरूप उक्त कम्पनीमा कालीझोडाका धेरै मानिसहरूले जमा राखेका रकमहरू फिर्ता नपाएको गुनासो जमाकर्ताहरूले गर्न थालेका छन्।

ओमीशा नामक एउटा कम्पनीमा जमा गरेको रकमको केही अत्तो पतो नरहेको डाडोमा शेर्पाले बताएकी छन्। शेर्पाले सानो दोकान चलाएर दिनहुँ थोरैथोरै रकम उक्त कम्पनीमा राख्ने गरेकी थिइन तर जमा रकम फिर्ता आउने मियाद समयको केही महिना अघि उक्त कम्पनी बन्द भयो।

उनले भनिन्, ‘कम्पनीको शाखा कार्यालय कालिझोडा मै थियो। जसको म्यानेजर पनि स्थानीय नै थिए तर वर्तमान यता न त कम्पनी छ न उक्त म्यानेजर।’ राखेको रकम पानीमै डुबेको डाडोमाले बताइन्। कम्पन्नी बन्द भएको केही दिन पछिसम्म रकम फिर्ताको माग लिएर मानिसहरू आक्रोशित बनेका थिए। तर अहिले विषय साम्य रहेको कारण आफूले मिहेनत गरेर जमा गरेको ठूलो रकम हराउने सम्भावना देखेर उनी चिन्तित बनेकी छन।

कालीझोडाका नब्बे प्रतिशत मानिसहरूले  सुरक्षा नामक अर्को कम्पनीमा पनि धेरै रकम जमा राखेका छन्। जसको अवस्था पनि यही रहेको मानिसहरू बताउँछन्। रकम फिर्तीबारे क्षेत्रबासीले प्रशासनलाई पनि अवगत गराइसकेको जान्नमा आएको छ र यस सम्बन्धमा कसैले आवाज नउठाइएकोमा सबै चिन्तित छन्। ती मसिना कम्पनीहरूको काम राम्रै चलिरहेको थियो तर अचानक सारदा काण्डपछि ती कम्पनीका पनि लेनदेन ठप्प बन्यो। यता पीडितवर्गले रकम फिर्तीको माग गर्दा कम्पनीका एजेन्टहरूले विभिन्न बाहानामा टार्दै बर्ष बिताए। यद्धपि जमाकर्ताहरू रकम फिर्तीको आशामा बसेका छन्।

  • चित्रस्रोतः इन्टरनेट
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया