उनादकटको ह्याट्रिकले पुणे विजयी

विज्ञापन

  •  हैदराबाद, 6 मई/2017

तीव्र गतिका बलर जयदेव उनादकटले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि राइजिङ पुणे सुपरजाइन्टले डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादलाई 12 रनले पराजित गरेको छ। जीतका नायक रहेका जयदेवले रोचक स्थितिमा ह्याट्रिक मात्र लिएनन् तर म्याच कुल पाँच विकेट पनि लिए। हैदराबादलाई अन्तिम ओभरमा 13 रन चाहिएको थियो र 4 विकेट बाँचेको थियो।

यस्तोमा अन्तिम ओभर फ्याँक्न आएका सौराष्ट्रका यी 25 वर्षे बलरले पहिलो बल ‘डट’ गरेपछि अघिल्लो तीनवटा बलमा लगातार विपुल शर्मा (8), रशिद खान (3) र भुवनेश्वर कुमार (0) –लाई आउट गरी ह्याट्रिक पूरा गरे। यो जीतसँगै पुणे अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ। स्टीभ स्मीथ एण्ड कम्पनीको 12 खेलमा 16 अङ्क भएको छ।

149 रनको विजयी पाएको हैदराबादले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 136 रन मात्र सङ्ग्रह गर्नसकेपछि यो हार बेहोरेको हो। डिफेन्डिङ च्याम्पियनका लागि युवराज सिंहले सर्वाधिक 47 तथा कप्तान डेभिड वार्नरले 40 रन बनाए। यी दुइ ब्याट्सम्यानलाई छोड़ेर अन्य कसैले पनि उपयोगी इनिङ्ग्स खेल्न सकेनन्।

पुणेका लागि जयदेवबाहेक बेन स्टोक्सले 3 तथा इमरान ताहिरले एक विकेट लिए। यसभन्दा अघि टस हारेर पहिलो ब्याटिङ गर्नपरेको स्मीथ एण्ड कम्पनीले निर्धारित ओभरमा 8 विकेटको क्षतिमा 148 रन सङ्ग्रह गरेको थियो। पुणेका लागि स्टोक्सले 39, कप्तान स्मिथले 34 र महेन्द्रसिंह धोनीले 31 रनको उपयोगी इनिङ्ग्स खेले। हैदराबादका लागि युवा सिद्धार्थ कौलले 4 रशिद खान र विपुल शर्माले 1-1 विकेट लिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया