बार्सिलोना शीर्षमै

विज्ञापन

बार्सिलोना, 7 मई/2017


ला लीगाको अङ्कतालिकामा बार्सिलोनाले शीर्ष स्थान यथावत् राखेको छ। शनिवार राति खेलिएको खेलमा भिल्लारियललाई 4-1 को गोल अन्तरले पराजित गरेपछि लुइस एनरिकेको टीम शीर्षमै रहेको हो।

बार्साको 84 अङ्क छ। रियलको पनि यति नै अङ्क छ। तर एक खेल कम खेलेको छ प्रमुख विपक्षी रियल। यो जीतसँगै मेस्सीहरूले लीगको उपाधि जित्ने सम्भावना जिउँदो राखेको छ।

भिल्लारियलविरुद्ध पनि मेस्सी, नेइमार र स्वारेजहरू नै चम्किए। मेस्सीले दुइ तथा नेइमार र स्वारेजले एक-एक गोल गरे। यो दुइ गोलसँगै चमत्कारी स्ट्राइकर मेस्सीले सो सिजनमा आफ्नो गोल संख्या 51 पुऱ्याएको छ। ला लीगा मात्रै उनले 32 खेलमा 35 गोल गरिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया