रियल विजयी

विज्ञापन

  •  म्याड्रिड, 7 मई/2017

स्पेनीश जाइन्ट रियल म्याड्रिडले शनिवार मध्यराति खेलिएको खेलमा ग्रेनाडालाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेपछि ला लीगा उपाधिको होड़ रोमाञ्चक बनेको छ। रियल अङ्कतालिकामा दोस्रो स्थानमा छ। पहिलो स्थानमा बार्सिलोना छ। यद्यपि दुवैको समान 84 अङ्क छ। तर गोलअन्तरको कारण लुइस एनरिके टीम शीर्षमा पुगेको हो। रियलले एक खेल कम खेलेको छ भने बार्साले एक खेल ज्यादा। यसैले पनि रियलको उपाधि जित्ने सम्भावना बार्साभन्दा केही अधिक छ।

निवारको खेलमा रियलका लागि मीडफिल्डर जेम्स रोर्डिगेज र अल्भारो मोराटाले दुइ-दुइ गोल गरे। चारै गोल पहिलो हाफमा भएको हो। खेलकै दुवै हाफमा ग्रेनाडाविरुद्ध ढलिमली गर्ने रियलका खेलाड़ीहरूले केही सहज मौका पनि गुमाएका थिए। लुकास भास्गेस र डानिलोले हिर्काएको प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो भने कास्मेरियो र दोस्रो हाफपछि मैदानमा ओर्लिएको कारिम बेञ्जेमा राम्रो मौका खेरो फाले। आफ्नै घरेलु मैदानमा रियलविरुद्ध ग्रेनाडाले निराशाजनक प्रदर्शन गऱ्यो।

सम्पूर्ण म्याचमा ग्रेनाडा खेलाड़ीले एक-दुइ पटक मात्र गोल गर्ने मौका सिर्जना गरेका थिए, यद्यपि हात लागेका ती एक-दुइ मौकालाई पनि खेरो फालेपछि यो ठूलो हार बेहोरेका हुन्। च्याम्पियन्स लीगको फाइनल नजीक पुगेको रियलका प्रशिक्षक जिनेदिन जिदानले आज क्रिष्टियानो रोनाल्डो, पेपे, लुका मोर्डिक, टोनी क्रुस, केल्भर नभास, मार्सेलोजस्ता प्रमुख खेलाड़ीहरूलाई विश्राम दिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया