इतिहास/भारतमा गोर्खालीहरूका आगमनको प्रश्न

  

डा. गोमा देवी शर्मा, मणिपुर


भारतमा बसोवास गर्ने विभिन्न जातिहरू मध्ये गोर्खाली पनि एउटा विशेष जाति हो। गोर्खाली नेपालीको पर्याय हो। यो जाति विशेष रूपले देहरादून, कुमाउँ, गढ़वाल, सिक्किम, दार्जिलिड़्, असम, मिजोरम, मेघालय, अरुणाचल प्रदेश, नागालैण्ड, मणिपुर आदि प्रान्तहरूमा बसोवास गर्दछ। गोर्खा या नेपाली जाति मूल रूपमा आर्य एवं मड़्गोलियार्इ परिवारका मानिसहरूको मिलेजुलेको रूप हो। मड़्गोलियार्इ शाखासड़्ग सम्बन्धित रार्इ, मगर, लिम्बु, भोटे, लाप्चे, आदि मूलका बन्धु हरूको आआफ्नै अलग भाषा छ। वर्तमानमा यि जातिहरू आफ्नो भाषा साहित्यको उत्थान गर्ने प्रयासमा छन्। तर पनि सबैको सम्पर्क भाषाको रूपमा नेपाली भाषाको प्रयोग गरिन्छ।

  नेपाली जाति भन्दा भारतीय मानसिकतामा नेपाल देशका नागरिक हुन भन्ने भ्रम उत्पन्न हुनु स्वाभाविक हो। यसै भ्रमले गर्दा समयसमयमा यस जातिमाथि विदेशीको आरोप लगाएर प्रताड़ित गर्ने घटनाहरू पनि सामु आउने गर्छन्। भारतीय नेपालीहरूले नेपालबाट भारतमा पलायन गरेका र यि मूल रूपमा नेपालका नागरिक हुन भन्ने मानसिकता छ। भारतीय नेपालीहरूको सम्बन्ध नेपाल सड़्ग थियो भन्ने कुरा साँचो हो। तर यो जाति कसरी यत्रो ठूलो सड़्ख्यामा भारतमा प्रवेश गऱ्यो भन्ने कुरा प्रति इतिहासमा यथेष्ट प्रमाणहरू प्राप्त छन्।

भारतनेपाल बीच पुरानु सम्बन्ध छ। प्राचीन काल देखिनै दुवै देशमा दुवै देशका नागरिकहरूको आवागमन भइनै रहेको कुरा इतिहासले जनाउँछ। भारतमा मुसलमानहरूको आक्रमणले त्रस्त भएर असड़्ख्य भारतीयहरूले नेपालमा शरण लिएको प्रमाण पनिअइतिहासमा पाइन्छ। नेपालको इतिहासमा विशेष स्थान भएका लिच्छवी वंशी, शाहवंशी आदि राजाहरूको सम्बन्ध भारत सड़्ग थियो। यि लामो अवधि सम्म नेपालमा शासन गरे। नारायण श्रीमान अनुसार Shah dynasty which continue to rule Nepal to this day was migrated from Chittor in Mewar in Indian  state.1

(नेपालमा दीर्घ समय सम्म राज गर्ने शाहवंशी राजाहरू भारतीय राज्य मेवाड़ अन्तर्गत  चित्तौड़बाट जानेहरू थिये।)

मुसलमानहरूको आक्रमणले गर्दा एघारौं देखि लिएर सोह्रौं शताब्दि सम्म भारत तिर बाट ठूलो सड़्ख्यामा मानिसहरूको प्रब्रजन नेपालमा भयो। यिनीहरूको मूल उद्देश्य हिन्दू धर्मलार्इ इस्लामबाट बचाउनु थियो। यसका साथै अत्याचारहरूबाट बाँच्नका लागी उनिहरूलार्इ कुनै सुरक्षित ठाउँ चाहिएको थियो। नेपालको इतिहासमा विशेष स्थान प्राप्त गोर्खा राजाहरू भारतबाट नेपाल पलायन गर्नेहरू मध्ये थिए। यिनका सम्बन्धमा निम्न प​िड़्क्तहरू द्रष्टव्यछन्Gorkhas were one of those dynastyic rulers migrated from India which existed in Nepal and the modern Nepal was created by them, because it was only during Prithvirnarayan Shah’s regime that present Nepal was unified. The ancesters of the Gorkha People were Indian immigrants’ mostly royal famillies from Rajputana and their numerous followers who fled their country India during medieval peroid to escape muslim domination. 2

 (गोर्खाहरू भारतबाट नेपाल पलायन गर्ने राजवंशीहरू हुन जस्ले आधुनिक नेपालको निर्माण गरे। राजा पृथ्वीनारायण शाहले ससाना राज्यमा फुटेको नेपाललार्इ एकीकृत गरेर एउटा सिड़्गो नेपाल राष्ट्रको निर्माण गरे। गोर्खा राजाहरूका पूर्वज भारतबाट पलायन गर्ने मानिसहरू थिये। यि धेरजसो राजपूताना परिवार सड़्ग सम्बन्धित थिए जो आफ्ना धेरै अनुयायीहरूसड़्गै मुसलमानहरूको दबावबाट बाँच्नका लागी नेपालमा शरण लिन पुगे।)

  राजघरान सड़्ग सम्बन्धित हुनाले यिनीहरू शासनव्यवस्थामा सिद्धहस्त थिए यसैले नेपाल पलायन गरे पछाड़ी पनि यिनका सन्तानहरूले आफ्नो शासन सम्बन्धी दक्षताको क्रमलार्इ जारी राख्दै नेपाल एकीकरणको अभियान चलाये।

 प्राचीनकाल देखिनै भारतनेपाल बीचमा प्रगाढ़ सम्बन्ध थियो भन्ने कुरालार्इ गुप्तकाल, लिच्छवीकाल, मध्यकाल, शाहकालले पुष्टि गर्दछन्। यसलार्इ अझ प्रगाढ़ बनाउनमा हिन्दू धर्मको पनि विशेष भूमिका रहेको छ।

 भारतमा गोर्खालीहरूको आगमन को मूलमा निम्न कारणहरू सामु आउँंछन्

. सुगौली सन्धि

. सिक्ख फौज/ मुगल फौज

. गोर्खा फौज

. राजघरानाहरूको बीचमा वैवाहिक सम्बन्ध

. धार्मिक कारण

. शैक्षिक और आर्थिक कारण

. आजाद हिन्द फौज

. कला और साहित्य

 सुगौली सन्धि

 नेपालमा खस राजाहरूको पतन भए पछि विशाल सेन्जा राज्य 46 राज्यहरूमा विघटित हुन पुग्छ। गोर्खा राजा पृथ्वी नारायणले खण्डित राज्यहरूलार्इ एकीकृत गरेर एउटा विशाल नेपाल राज्य खड़ा गरे। जब भारतमा अड़्ग्रेजी शासनका जरा मजबूत हुँदै थिए, तब नेपाल अधिराज्यको सीमाविस्तारको कार्य तेजी सड़्ग अगि बढ़दै थियो। इतिहासमा उल्लेख गरिएको छ During the British rule in India it emerged  as the powerful Himalayan State, extending from the river Satlej in the west and Tista in the East. 3

(भारतमा अड़्ग्रेजी शासन स्थापित भर्इ सकेको बेला नेपाल एउटा शक्तिशाली राज्यको रूपमा देखा पऱ्यो। यसको सीमा पश्चिममा सतलज तथा पूर्वमा तिस्ता नदी सम्म फैलिएको थियो)

नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको नेतृत्वमा गोर्खा वीरहरूले धेरै उत्तर भारतीय राज्यहरूमाथि  विजय हासिल गरेर आफ्नो राज्यको विस्तार गरे। यसरी गोखाहरूको पराक्रम दिनदिनै बढ़न लाग्यो। यता भारतमा अड़्ग्रेजी शासन कायम भर्इ सकेको थियो। गोर्खा वीरहरूको पराक्रम देखेर उनिहरूको मुटु थर्कायमान भयो। अड़्ग्रेजहरूले उनिहरूको यस विजयगामी अभियानलार्इ रोक्ने कुनैतिक उद्देश्यले नेपालसड़्ग सीमाविवाद शुरू गरे। यसैलार्इ लिएर तत्कालीन गवर्नर जनरल लार्ड माइराले 1 नवम्बर 1814को दिन नेपाल विरुद्ध युद्धको घोषणा गरे भन्ने प्रमाण इतिहासमा पाइन्छLord Moira, the then governer General of British India declared war on  Nepal on Nov.1,1814.4 अड़्ग्रेजहरू सड़्ग गोर्खा वीरहरू एक वर्ष सम्म डटी रहे, तर आधुनिक हथियार सम्पन्न दुश्मनका अघि गोर्खाली बाहुबलले घुँड़ा टेक्न विवश हुनु पऱ्यो र सुगौली सन्धि सड़्ग (2 दिसम्बर सन् 1815) यस सड़्घर्षको अन्त भयो।

सुगौली सन्धि अन्तर्गत नेपालले निम्न बृहतभूभाग र्इस्ट इण्डिया कम्पनीलार्इ दण्ड स्वरूप सुम्पिनु पऱ्यो

  1. The whole low lands between the river Kali and Rapti.
  2. The whole of the low land lying between the Rapti and the Gunduk rivers.
  • The whole of low land between the Gundak snd coshi.
  1. All the low lands between the river Metchee and Tista.
  2. All the territories within the hills eastward of the river Metchi, including the forts

         and lands of Nagree and the pass of Nagarcote leading from Morung into the hills,

         together with the territory lying between that Pass and Nagree. 5

( . काली र राप्ती नदी मध्ये स्थित तरार्इ भूभाग,

 . राप्ती र गण्डकी नदी मध्ये स्थित तरार्इ भूभाग,

 गण्डकी र कोशी नदीको बीचमा स्थित मैदानी इलाका,

 . मेची र तिस्टा नदीको बीचमा पर्ने सम्पूर्ण तरार्इ क्षेत्र,

 . मेची नदीको पूर्वमा स्थित किला समेतको सम्पूर्ण पहाड़ी क्षेत्र,

  र नगरकोटको मोरड़् पहाड़ी तिर जाने दर्रा र नाग्रीको बीचमा पर्ने भूमि

  साथै दर्रा र नाग्रीको बीचमा स्थित सम्पूर्ण भूखण्ड लगायत)

सन्धिपत्रमा हस्ताक्षर भएका दिन (2 दिसम्बर 1815) देखि लिएर चालीस दिन भित्रमा उपरोक्त भूखण्डबाट नेपाली फौजलार्इ खाली गर्ने आदेश दिइयो।

 सुगौली सन्धि अन्तर्गत नेपाल राज्य को वृहत् भूभाग अड़्ग्रेज शासित भारतको हिस्सा बन्न पुग्यो। यस ऐतिहासिक तथ्यबाट यो किटान गर्न सकिन्छ कि यस वृहत् भूखण्डमा बसोवास गर्ने नेपाली जनता भारतको हिस्सा बन्न पुगे। यसैले आज यि क्षेत्रहरूमा नेपाली भाषी जनता लाखलाख सड़ख्यामा आफ्नो जीवन यापन गदर्ै आर्इ रहेकाछन्। आज यिनीहरूका सन्तान भारतका विभिन्न हिस्साहरूमा फैैलिएकाछन्।

सिक्ख फौज/मुगल फौज

 सुगौली सन्धिले तीव्र गतिमा विजयपथगामी नेपाली वीरतालार्इ अचानक चकनाचूर पारी दियो। मातृभूमि को विघटनको चोट सहन न सकेर सेनालार्इ कुशल नेतृत्व दिने अमरसिंह थापा जस्ता बीरले विषपान गर्नु पऱ्यो। नेता विहीन नेपाली हजारौं नेपाली फौजले अड़ग्रेजसड़्ग बदला लिने उद्देश्यले तत्कालीन पन्जाबका शेर भनेर चिनिने राजा रणजींत सिंहको सिक्ख सेनामा शरण लिन पुगे। यि गोर्खाली वीरहरू सिक्ख सेनाको तर्फबाट अड़्ग्रेज हरूसड़्ग लड़ी रहे। कालान्तरमा यिनीहरूको वासको व्यवस्था राजाद्वारा लाहौरमै मिलाइदिएपछि यिनीहरू आफ्ना परिवार साथै भारतमा स्थायी रूपले बस्न लागे। लामो समय सम्म लाहौरमा बस्नाले यिनीहरूलार्इ लाहौरे या लाहुरे भनिन लाग्यो। भारतीय सेनामा कार्यरत सिपाहीहरूलार्इ भारत लगायत नेपालमा आज पनि लाहुरेको नामले सम्बोधित गरिन्छ।

यसरीनै केही सड़्ख्यामा नेपाली जवानहरू मुगल सेनामा पनि कार्यरत थिये भन्ने तथ्य इतिहासमा पाइन्छ। मुगल लैण्ड वा मुगल देशलार्इ नेपाली जिब्रोले मुड़्लान भन्दछ। मुड़्लानमा कार्यरत हुनाले यिनीहरूलार्इ मुड़्लाने भनिन थाल्यो। यो शब्द आज पनि यदाकदा नेपालका नेपालीहरूले भारतीय नेपालीहरूकालागी प्रयोग गरेको सुनिन्छ।

 गोर्खा फौज 

भारत नेपाल युद्ध (1814-1815)मा अड़्ग्रेजले गोर्खा वीरहरूको पराक्रम वा शौर्यलार्इ देखि सकेका थिये। यिनीहरूलार्इ स्वतन्त्र छाड्नु कम्पनी सरकारका लागी खतरा थियो, यसैले सन्धिसूत्र अन्तर्गत अड़्ग्रेजहरूले ठूलो सड़्ख्यामा गोर्खा वीरहरूलार्इ अड़्ग्रेजी सेनामा भर्ती गरेर गोर्खा फौजको स्थापना गरे। दोस्रो विश्व युद्ध सम्म यिनको सड़्ख्यामा धेरै वृद्धि भएको कुरा इतिहासले जनाउँछThe number of Gorkha Soldiers serving in India grew to over 1,20,000 during both the world wars. 6

(दुवै विश्वयुद्ध सम्म गोर्खा फौजमा गोर्खा जवानहरूको सड़्ख्या 1,20,000 भन्दा पनि बढ़ी थियो)

 आज पनि गोर्खा फौजका धेरै रेजिमेन्ट्सहरू भारत देशको सेवामा कार्यरत छन्। गोर्खा फौजको माध्यमबाट पनि भारतका विभिन्न प्रान्तहरूमा नेपालीहरूको वसोवास प्रारम्भ भयो। यसका साथै असम लाइट इंफैन्ट्री अन्तर्गत पनि धेरै गोर्खाहरूको भर्ति गराइयो जस्को स्ािापना कटक मा सन्1871 मा भएको थियो। यस तथ्यको पुष्टि गर्दै पुरुषोत्तम भण्डारी भन्नु हुन्छ There are many Gorkhas settled in almost all the part of India …the permanent settlement  of Nepalese in the North Eastern Region also began after the The Treaty of Sugaulee. A large numbers of Gorkhas were recruited in the Assam Light Infantry, which was formed in Cuttack in 1871.7

 (भारतका प्रायजसो सबै राज्यहरूमा  गोर्खा जाति जीवनयापन गर्दछ भन्नुमा कुनै आपत्ति छैन। पूर्वोत्तर राज्यहरूमा यो जाति सुगौली सन्धि पछि स्थायी रूपमा बसोवास गर्न लाग्यो। गोर्खा फौज सड़्गै ठूलो सड़्ख्यामा गोर्खा जवानहरूको असम लाइट इन्फैन्ट्रीमा भर्ति गरियो जस्को स्थापना सन् 1871 मा कटकमा भएको थियो)। यस अन्तर्गत पूर्वोत्तर भारतमा यिनीहरूको नियुक्ति गरियो। अवकाशप्राप्त गरे पछि यस्ता सैनिकहरूलार्इ सम्बन्धित क्षेत्रहरूमा बसोवास गर्ने सुविधा प्रदान गरियो। यसरी यि जवान र यिनका परिवर पूर्वोत्तर क्षेत्रका नागरिक बन्न पुगे।

 ज घरान माझ वैवाहिक सम्बन्ध

 नेपाल नरेश जयदेव मल्ल (तेरौं सदी) तथा कामरूप (असम)का राजा हर्ष देवकी पुत्री राज्यमति, कोचवंशी राजा विश्वसिंह तथा नेपालकी राजकन्या रत्नकान्ति, मल्लकालीन राजा प्रताप मल्ल (17औं सदी) र कोच राजकन्या रूपमति (असम) 8 मणिपुरका राजा बुधचन्द्र नेपालकी राजकन्या र्इश्वरी देवी (18 जून 1941) आदि को वैवाहिक सम्बन्धले यि क्षेत्रहरूमा नेपालीहरूको आगमनको मार्ग खोली दियो। राजकुमारीहरू सड़्ग उनको सेवा सुश्रुषा गर्नेहरू, परामर्शदाता तथा रक्षा सेना आएका कारणले ठूलो सड़्ख्यामा नेपालीहरूको आगमन यि क्षेत्रहरूमा भयो। उनिहरूको वसोवासको सुविधा तत्कालीन राजाहरूले यतै मिलाइदिएको हुनाले त्यहाँ यौटा नेपाली समाजको जन्म भयो। आज पूर्वोत्तर भारतमा बस्ने नेपाली जनतामा केही यिनीहरूका सन्तान हुन्।

 धार्मिक कारण                                                           

भारत र नेपाल प्राचीन कालदेखिनै हिन्दू धर्मका केन्द्रस्थल रहेकाछन्। दुवै देशका विभिन्न तीर्थस्थानहरूमा भगवानको दर्शन गर्नका लागी भक्तहरूको आवागमन हुने क्रम प्राचीनकाल देखि लिएर आज सम्म पनि चलिआएको छ। बनारस प्राचीन काल देखिनै हिन्दू धर्मको केन्द्रस्थल रहेको छ। आफ्नो जीवनको उत्तरार्द्धमा सन्यास जीवन बिताउनका लागी काशीवास गर्ने परम्परा पनि प्राचीन कालदेखिनै चली आएको छ। यस परम्परा अन्तर्गत नेपाल बाट धेरै श्रद्धालुहरू काशी आउने गर्दथे र यो परम्परा आज पनि जारी छ। काशीवासगर्न आउने भक्तहरूले आफू सड़्ग आफ्नो धर्म, भाषा र संस्कृति पनि लिएर आए। यसरी बनारसमा एउटा नेपाली समाजको उदय भयो।

 शैक्षिक कारण 

प्राचीन कालदेखिनै भारत विश्व भरिकै शिक्षाको केन्द्र थियो। नालन्दा र तक्षशिला जस्ता विश्वविद्यालयहरूमा शिक्षा ग्रहण गर्नकालागी विश्वका कुनकुनाबाट विद्यार्थिहरू आउने गर्दथे। बनारस पनि प्राचीन कालमा संस्कृत शिक्षाको केन्द्र थियो। शिक्षार्जनकालागी ठूलो सड़्ख्यामा नेपाली विद्यार्थिहरूको आगमन बनारसमा प्रत्येक वर्ष हुने गर्दथ्यो। 19औं शताब्दिको मध्य तिर नेपालमा जड़्गबहादुर राणाको उदय हुनका साथै नेपाली जनताले आफ्नो सम्पूर्ण स्वतन्त्रता गुमाउनु पऱ्यो। अभिव्यक्तिको स्वतन्त्रता न हुनाले साहित्यकारहरूले बनारस तर्फ पलायन गरे। इतिहासमा भनिएको छ यिनी हरू मध्ये कति नेपालमा  सन् 1950 मा राणा शासनको अन्त अनि श्री  पाँचको सरकार सत्तामा आए पछि नेपाल फर्केर गए कति यतै बसोवास गर्न थाले। 9

यसरी शिक्षा र साहित्यको कारणले बनारसमा एउटा सुसंस्कृत नेपाली समाजको उदय भयो। आज ठूलो मात्रामा नेपालीहरू बनारसमा जीवन यापन गर्दै आएका छन्।

 आर्थिक कारण 

 भारतनेपाल माझ खुला सीमा हुनाले आवागमनको कार्य सजिलै सड़्ग हुने गर्दथ्यो। नेपालको तराइ वा दुर्गम पहाड़मा बस्ने नेपालीहरूले जीविकाको तलाशमा भारत प्रवेश गरे। सन् 1835 मा सिक्किमको हिस्सा दार्जिलिड़् कम्पनी सरकारको हिस्सा बन्न पुग्यो। अनुकूल हावापानी हुँदा यस प्रान्तमा कम्पनी सरकारले व्यापक रूपमा चियाको खेती शुरु गऱ्यो। चियाबगानमा काम गर्नकालागी नेपालबाट सरकार सड़्ग करार गरेर धेरै नेपाली मजदूरहरू ल्याइए। यसरी ठूलो सड़्ख्यामा नेपाली नागरिकहरू जीविकोपार्जन कालागी भारत आए। चियाबगानमा आयस्ता कम हुनाले गर्दा कतिपयले गोपालन गर्र्न शुरु गरे। यसरी विभिन्न भारतीय प्रान्तमा नेपालीहरूले मजदूरी सड़्गै दूधदहीले परिपूर्ण पारे। लील बहादुर क्षत्री अनुसारनेपाली हरूले भारतमा मजदूरी मात्रै गरेनन, भारत का विभिन्न प्रान्त हरूलार्इ गौपालन द्वारा दूधदहीले परि पूर्ण गराए10

आज पनि धेरै नेपाली परिवारहरूले गोपालनको माध्यमबाट जीविकोपार्जन गरेको देखिन्छ। यसरी चियाबगानमा काम गर्ने उद्देश्यले ल्याइएका मजदूरहरूको वसोवासको प्रबन्ध कम्पनी सरकार द्वारा मिलाइदिएको हुँदा दार्जिलिड़् प्रान्तमा नेपाली समाजको उदय हुनका साथै यि नेपालीहरू भारतका नागरिक बन्न पुगे।

 आजाद हिन्द फौज

 गोर्खालीहरू भारतका नागरिक बन्नुपछिको अर्को मुख्य कारण कारण आजाद हिन्द फौज पनि हो। अड़्ग्रेज शासित भारतका दस गोर्खा रेजिमेन्ट्सहरू विश्वका अनेक देशहरूमा कार्यरत थिए। घनश्याम आचार्यको भनाइअनुसार During the Second World War many Gorkha  Regiments cut off from their Officers by the Japanese , immedietly after the capture of Singapore. Both the Indian and the Gorkha Soldiers captured at Singapore about 45,000…were joined the Indian National Army founded by Subhas Chandra Bose. Many Gorkha prisioners of War  joined the Indian National Army. 11

 द्वितीय विश्व युद्धमा यि सैनिकहरूले अड़्ग्रेजको पक्षबाट एक्सीसशक्तिको विरूद्ध लड़ार्इ लड़े। भीषण युद्ध तथा स´चार व्यवस्था ठप्प भएकाले आफ्ना अफसरहरू सड़्ग यिनीहरूको सम्पर्क विच्छेद भयो। परिणामस्वरूप यिनीहरूलार्इ सिड़्गापुरमा युद्धबन्दी बनाइए। यसमा भारतीय एवं गोर्खा सैनिकहरूको सड़्ख्या लगभग 45,000 थियोयिनीहरू सुभाष चन्द्र बोस द्वारा सन्चालित आजाद हिन्द फौजमा शामेल हुन पुगे।

यस्ता सैनिकहरूलार्इ बन्दीको रूपमा अलगअलग कैम्पहरूमा राखियो। अड़्ग्रेजको पक्षमा लड़दा लड़्दै यि सैनिकहरूको हृदय ग्लानिले भरियो, त्यसैले उनिहरूको आधिपत्यबाट बाहिर निस्किने मौका हेरिरहेका थिये। यै बेला सिड़्गापुरमा सुभाष चन्द्र बोसले आजाद हिन्द फौजको नेतृत्व सम्भाले। सुभाषचन्द्र बोसको विचारधाराबाट यि सैनिकहरू प्रभावित भए। सन् 1942मा सबै युद्ध बन्दी सैनिक आजाद हिन्द फौजमा शामेल भए। तीन गोर्खा रार्इफल्स, 2/1, 2/2, 2/9 का सैनिकहरू आजाद हिन्द फौजमा शामेल भए। जापानिहरूको सहायताले फौजले सन् 1945 मा म्यानमार हुँदै मणिपुर प्रवेश गरेर मोइराड़्मा आफ्नो झण्डा फहराये।

उनको उद्देश्य अड़्ग्रेज हरूसड़्ग लड़ेर लिनु र भारतलार्इ आजाद गर्नु थियो। लगातार भइरहेको मुशलधारे झरी, ´चार व्यवस्था ठप्प हुनु, अड़्ग्रेज सड़्ग सड़्घर्ष र नेताजी रहस्यात्मक तरीकाले गायब हुनाले आजाद हिन्द फौज छिन्नभिन्न भयो। तर यसले आफ्नो छोटो इतिहासमा ठूलो कार्य गर्न सफल भयो र यस सफलताको पछि नेपाली जवानहरूको ठूलो भूमिका रहेको छ। आजाद हिन्द फौजमा कार्यरत असड़्ख्य गोर्खा वीरहरूले देशको लागी आफ्नो बलिदान दिए।

श्याम बहादुर थापा, मेजर दुर्गा मल्ल, कप्तान दल बहादुर थापा, बालिका इन्द्रेणी थापा, सावित्री थापा, सुखमान गुरुड़्, नरबहादुर गु़़रुड़् आदि शहीदहरूको बलिदान प्रति आज पनि भारतले न्याय गरेको छैन। यिनको बलिदानको इतिहास आजपनि ओझल छ तर पनि आजाद हिन्द फौजको माध्यमबाट भारतीय नागरिक बन्न पुगेका नेपालीहरूको माध्यमबाट भारतभूमिमा नेपाली समाजको उदय भएको कुरा कसैेले नकार्न सक्दैन।

  कला एवं साहित्य 

 नेपालीहरूको भारत आगमनका मूल कारणहरूमा कला र साहित्य पनि एउटा कारण हो। नेपालमा राणा शासन को अभ्युदय (सन् 1846) सड़्गै जनताले आफ्नु स्वतन्त्रता गुमाउनु पऱ्यो। यस कालमा रचनाकारहरूलार्इ अभिव्यक्तिको अधिकारबाट वन्चित गरियो। आज्ञाको अवमानना गर्नेहरूलार्इ कारावासको कठोर दण्ड दिइन्थ्यो भन्ने कुरा इतिहासले जनाउँछ। यस दशामा धेरै नेपाली लेखकहरू नेपालबाट पलायन गरेर भारत आए। मोतीराम भट्ट, होमनाथ खतिवड़ा, पहलमान सिंह स्वांर, ऋषिकेश उपाध्याय, काशीनाथ आ. दी. आदि यस्ता रचनाकार हुन्। यि रचनाकारहरूले बनारसमा बसेर नेपाली साहित्यको विकास गरे।

कलाक्षेत्रले पनि नेपालीहरूलार्इ भारत भूमि तिर आकर्षित न गरेको होइन। गीत रिकार्डिंग, सड़्गीत व्यवस्था एवं उच्च तकनीक युक्त स्टूडियोहरूको कमीले गर्दा हर साल कलाप्रिय मानिसहरू मुम्बर्इ आउने गर्छन्। यसरी  मुम्बर्इमा नेपालीहरूको एउटा कॉलोनी बस्यो। वालीवुड  फिल्म जगत देखि आकर्षित भएर कतिपय कलाकार, अभिनेता, अभिनेत्रीहरू आफ्नो भाग्य खोज्न मुम्बर्इ फिल्म नगरीमा पुग्दछन्। कला एवं अभिनय क्षेत्रमा सफल अभिनेत्रीको रूपमा मनिषा कोइराला र सड़्गीतको क्षेत्रमा उदित नारायण झा, पूर्णिमा आदिको उदाहरण लिन सकिन्छ। यसका साथै शास्त्रीय सड़्गीत एवं नृत्यको शिक्षा लिन पनि धेरै उत्साही युवाहरू भारत आउने गर्छन् र उचित वातावरण पाउँदा यतै बस्ने गर्दछन्। यसरी साहित्य एवं कलाको माध्यमबाट पनि नेपालीहरूको आगमन भारतमा भयो।

     फोटोस्रोतः इन्टरनेट


 सन्दर्भ:

  1. Narayan Shriman – India and Nepal, An exercise in open diplomacy,         Popular   Prakashan Bombay,page-10
  2. Kanchanmoy Majumdar – Political relations, between India and Nepal (1877-1923), Munshiram Manoharlal Publishers Pvt. Ltd. New Delhi page- 14
  3. चितरन्जन नेपाली – जनरल भीमसेन थापा र तत्कालीन नेपाल, पृृ.1,2
  4. K.C. Chowdary – Anglo Nepalese relations, Calcutta, page-63
  5. Text of Treaty of Sogouli, 2nd Dec,1815 – foreign affairs report
  6. Ghanashyam Nepal-The Gorkhas of Manipur page-4
  7. Purushottam Bhandari-Freedom Movement and role of Indian Nepalese, page 9
  8. लील बहादुर क्षत्री – पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन, पृ.17
  9. प्रो.ढुण्डिराज भण्डारी – नेपालको ऐतिहासिक विवेचना, पृ. 327
  10. लील बहादुर क्षत्री – पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन, पृ.17
  11. Ghanashyam Acharya-The Gorkhas of Manipur,page-16

           

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया