यलिटी शो भोइस अव् इन्डियाको भोइस इन्डिया किड्समा गोर्खा बालिका शेकिना मुखियाको धुम

Girl in a jacket
 
देहरादुन, 24 जनवरी।


रियलिटी शो भोइस अव् इन्डियाको भोइस इन्डिया किड्समा गोर्खा बालिका शेकिना मुखियाले धुम मच्चाइ रहेकी छन्। रियलिटी शो भोइस अव् इन्डियाको भोइस इन्डिया किड्समा टप टेनमा पुग्न सफल भएकी शेकिना मुखिया देहरादुन, उत्तराखण्डकी हुन्। 11 वर्षीय शेकिना दुहरादुनस्थित सन्त थोमस स्कुलको छैटौं श्रेणी अध्ययनरत छिन्। सानै उमेरदेखि गीत गुन्गुनाउने शेकिनाकी पिता विकास मुखिया आफै पनि एक गायक हुन् भने शेकिनाले आफ्नै पिताबाट गीत गुन्गुनाउन सिकेकी हुन्। बालिका शेकिनाले सङ्गीत सम्बन्धि कुनै आधारभूत शिक्षा लिएकी छैनन्। कार्यक्रममा दुवै बाबु छोरीले आफ्नो प्रस्तुति दिइरहेका छन् भने बाबु छोरीको जुगलबन्दीले धुम मच्चाएको छ।
राष्ट्रिय च्यानल एण्ड टीवी (& TV) प्रसारण हुने यो रियलिटी शो भोइस अव् इन्डियाको भोइस इन्डिया किड्समा उत्तराखण्ड राज्यबाट अन्य बाल बालिकाहरूले पनि सहभागिता जनाएका थिए भने ती सबैलाई उछिनेर शेकिना मुखियाले भोइस इन्डिया किड्सको टप टेनमा पुगेर आफ्नो उत्तराखण्ड राज्यलाई मात्र नभएर सम्पूर्ण भारतीय गोर्खा नेपाली जातिलाई गौरवन्तित बनाएकी छन्।
भोइस इन्डिया किड्सको प्रस्तुतीबाट केही अवकाश लिएर अहिले शेकिना मुखिया देहरादुन फर्केकी छन्। शेकिनाकी आमा देहरादुनको कर्नल ब्राउन स्कुलमा अध्यापन गर्छिन। सङ्गीत बाहेक शेकिनाले ससाना कथाहरू लेख्न पनि रूचाउँछिन्। 
गायक शान, हिमेश रेश्मिया, पलक, पपाँन जस्ता दिग्गज निर्णायक रहेको भोइस इन्डिया किड्समा सबै निर्णायकहरूबाट प्रशंसा बटुल्न सफल भएकी शेकिनाले हिमेश रेश्मियाको नकल गर्दै उस कै गीत गाएर दर्शकहरूको मन जित्न आफु सफल भएको बताउँछिन्। यसरी ठूलो मञ्चमा प्रथमपल्ट गाउन उभिँदा आफु धेरै नर्वस भएको बताउँदै शेकिनाले हिन्दी गीत कैसी पहेली है ये जिन्दगी गाएपछि निर्णायकहरूबाट प्रशंसा पाउँदा अति खुशी लागेको बताएकी छन्।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया