भव्य साङ्गीतिक कार्यक्रम आयोजन

मिरिक, 27 जनवरी


मिरिक नगरपालिकाका युवा समूहद्वारा शुक्रबार मिरिकमा भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरियो। गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सङ्गीत जगतकी ख्यातिप्राप्त गायिका मेलिना राई, हाँस्य सिने कलाकार बुद्धि तामाङ, गायक उत्तमजंग लिम्बू, मिरिककै तर हाल नेपालमा रहेका गायक जितेन लेप्चा, प्रसिद्ध हाँस्य कलाकार महेन्द्र बागदासलगायत स्थानीय कलाकारहरू र ब्याण्डहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए।

मेलिना राईले उनका चर्चित नेपाली गीतहरू गाएर मनोरञ्जन प्रदान गराइन् भने बुद्धि तामाङ र महेन्द्र बागदासले हाँस्य प्रस्तुति दिएर सबैलाई हँसाए। यस अवसरमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईको बहुलीबाट मेलिना राईलगायत अन्य कलाकारहरूलाई सम्मान पनि जनाइयो।

कार्यक्रममा मानिसहरूको व्यापक उपस्थिति रहेको थियो। आयोजक समितिले मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत कार्यक्रममा सहयोग पुर्‍याउने सबै सबैमा आभार प्रकट गरेको छ। आयोजक समितिका फुबछिरिङ भोटियाले कार्यक्रम सफल भएकोमा सबैप्रति आभार प्रकट गरेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया