खस भारतीय हितकारी सम्मेलन च्याँगा पानीघट्टा आञ्चलिक समितिको सभा

मिरिक, २७ जनवरी


खस भारतीय हितकारी सम्मेलन च्याँगा पानीघट्टा आञ्चलिक समितिको एक महत्त्वपूर्ण सभा शनिबार पानीघट्टा बजार प्राथमिक पाठशालामा सम्पन्न भयो। समितिकै अध्यक्ष रबिन बास्तोलाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रिय उपाध्यक्ष जेबी छेत्री, सदस्य हेमकुमार कार्की, कृष्ण छेत्री, कृष्णप्रसाद काफ्लेलगायत प्रत्येक शाखाको अध्यक्ष सचिवहरूको उपस्थिति रहेको थियो। आञ्चलिक सचिव नविनचन्द्र पराजुलीले सञ्चालन गरेको सभालाई जेबी छेत्री, कृष्णप्रसाद काफ्ले, कृष्ण छेत्री, गोबिन छेत्री, हेमकुमार कार्की आदिले सम्बोधन गरे।

सभामा गत वर्ष भएको गोर्खाल्याण्ड आन्दोलनको कारणले संस्थाको गतिविधि ठप्प रहेकोबारे चर्चा गर्दै अब केन्द्रीय समितिको निर्देशनअनुसार प्रत्येक आञ्चलिक समितिहरूले शाखाहरूलाई पुनः सक्रिय बनाउन निरन्तर सभा अनि कार्यक्रमहरू गर्दै जाने निर्णय भयो। सभामा आगामी वर्ष २०१९ को जनवरीमा हुने केन्द्रीय समितिको त्रयवार्षिक सम्मेलन अनि अधिवेशन च्याँगा पानीघट्टा आञ्चलिक समितिले गर्ने निर्णय गर्दै अधिवेशन स्थानको रूपमा निरपानीया शाखालाई चयन गरियो।

आजको सभाले आगामी मार्च अघि सबैले संस्थाको सदस्यता नविनीकरण गरिसक्नुपर्ने निर्णय पनि गरेको अनि शाखाहरू र आञ्चलिक समितिको सम्मेलन सकेर मात्र केन्द्रीय समितिको सम्मेलन गरिने केन्द्रीय समितिको निर्देशन सबैलाई अवगत गराइएको जानकारी कृष्णप्रसाद काफ्लेले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया