पेशोक चियाबारीमा ३३ औँ तामाङ अधिवेशन सम्पन्न: म सम्पूर्ण जातिको निम्ति काम गर्नेछु-विनय तामाङ

रिम परिचित/ लप्चु/पेशोक: 27 जनवरी: पेशोक चियाबारीमा भइरहेको ३३ औँ तामाङ अधिवेशन दोस्रो दिन पनि जारी रह्यो। दोस्रो दिनको कार्यक्रम प्रात: छ: बजे देखि लामा ल्होपेनद्वारा गरिएको म्हाँणी मोन्लमबाट गरिएको थियो। अभाताबौंस्ं-का कार्यकारी अध्यक्ष पासाङ तामङको अध्यक्षतामा सप्पन्न भएको उक्त अधिवेसनको दोस्रो सत्रका मुख्य अतिथि जीटीए बिओए अध्यक्ष विनय तामङ थिए भने विशेष अतिथिहरूमा बिओए उपाध्यक्ष अनित थापा,  नेपालका अजितमान तामङ,  नर्बुजी लामा, रविन्द्र लामा, रमेश लामा, डा. जस योञ्जन “प्यासी”,  टीएन घिसिङ, समिरदीप ब्लोन आदि थिए।

मिरिक महकुमाबाट प्रस्तुत गरिएको देन्सामला व्हाई पश्चात् केन्द्रिय समितिका संयुक्त सचिव यूएस तामङले स्वागत सम्भाषण राखेका थिए। भारतमा तामङ भाषाको व्यवहारिक पक्षमाथि सिक्किमका कुमार योञ्जन अनि जनजातिको सङ्घर्षमा अखिल भारतीय तामङ बौध सङ्घको भूमिकामाथि डा. जस योञ्जन “प्यासी” ले गहकिलो एवं अर्थपूर्ण वार्ताहरु प्रस्तुत गरे भने नेपालबाट आएका अजितमान तामाङले तामाङ जातिमा ल्होछार परम्परा माथि भवपूर्ण अनि मननयोग्य तथ्याङ्कहरूरु प्रकाश पार्दै वार्ता प्रस्तुत गरे।

दोस्रो दिनको कार्यक्रमालाई प्रमुख अतिथि विनय तामङ्ले सम्बोधन गर्दै डा० जस योञ्जन “प्यासी” अनि अजितमान तामङले प्रस्तुत गरेका वार्ताका प्रशंसा गर्दै यस प्रकारको कार्यक्रम बाट केही फल पाओस् भन्ने विचार व्यक्त गरे। तिनले तामङ विकास बोर्ड अनि संघमाझ तालमेल नभएको मत व्यक्त गरे भने तालमेल हुनुपर्ने सुझाए।

तिनले भारतभरिका एघाह्रवटा जात गोष्ठीलाई जनजातिको दर्जा दिलाउनमा लागि परेको तर आज पर्यन्त हुन् नसकेकोले अर्को बाटो अप्नाउन पर्ने बताए। आफूले जातिको निम्ति काम गर्ने बताउँदै तामाङ समुदाय मात्र नभएर सबै समुदायको लागि आफू काम गर्न लागिपरेको बातए। तामङले सिक्किमका वाङ्दी छिरिङ लामा योञ्जनद्वारा तयार पारिएको बोधी चिन्तन -२ को सिडिको पनि बिओए अध्यक्ष विनय तामङ्ले विमोचन गरे भने उक्त सिडिमा हस्ताक्षर पनि गरे।

पार्वती मोक्तान, इन्द्र गोले, निछेन योञ्जन अनि पेञ्छेन बम्जनद्वारा सञ्चालन गरिएको उक्त दुई दिवसीय अधिवेशनमा तामाङ सन्तानहरू जसको आफ्नो अपुर्व कला लाई सम्मान गर्दै प्रोत्साहन गरियो भने अभाताबौंस्ं- द्वारा सम्बर्द्धना जनाइयो।

सम्बर्द्धित व्यक्तिहरूमा जीटीए बिओए अध्यक्ष विनय तामङ, डिबि योञ्जन, कालेबुङ, अनिसा तामङ, मिस कालेबुङ, विवेक योञ्जन ,सामन्त दोङ, तेह्र वर्षीय बालक उर्गेन तेञ्जिङ लामा, लामा पाल्देन साङ्गे गोले आदि हुन् । अधिवेशनको अवधी एनएचपीसी, राष्ट्रीय राजमार्ग १० बाट पनि नि:शुल्क स्वास्थ्य जाँच शिविर राखिएको थियो भने तामङ विकास बोर्ड,  अभाताबौंस्ं- का विभिन्न शाखा द्वारा तामङ व्हाई, तामङ नृत्य, सेलो, डम्फु गीतहरु प्रस्तुत गरिएको थियो। कार्यक्रम को समापन पछि रङ्गारङ कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षक लब्धप्रतिष्ठित गायक पवन गोलेले ४० वर्ष अघिका मार्मिक, भावपूर्ण गीतहरू गाएर मनोरञ्जन दिलाए भने स्थानीय कलाकारसँगै एक समयका चर्चित पेशोक लप्चुका सागर किरणले पनि आफ्नो पुराना गीति एल्बम दुई मुटुको एक धड्कन बाट गीत गाएर उपस्थित सबैलाई नचाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया