गणतन्त्र दिवसको दिन देश खोज्दै बोजू

  • पल्लविब

कमिटी हल, अस्पताल र झोड़ाको

नाङ्गो नक्सा मुसारेर
पड्काउँदै विकासको

हस्तमैथुन
लमतन्न निदाएको छ आन्दोलन

 

आन्दोलन निदाएकै भोलिपल्ट

बिहानै आयो गाइने !

 

मेचीको धुन चोरिल्याएको सारङ्गीमा
सुर रगतको थियो ।

बाजेको खोकाइजस्तो दन्कने मादलमा
ताल माटोको थियो !

 

गाइने आएको भोलिपल्ट
बोजुले देश खोजिन् …
र त्यो दिन त
भारत भन्ने देशको

गणतन्त्र दिवस थिएछ ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया