मानव उत्थान सेवा समितिको बाल तथा युवा सम्मेलन

बिजनबारी, सन्जय निरौला, 28 जनवरी।


मानव उत्थान सेवा समिति बिजनबारी तहसिलको तीन दिवसीय बाल तथा युवा सम्मेलन सम्पन्न भयो। कार्यक्रम तहसिलका विभिन्न १७ वटा शाखाका युवाहरूलाई लिएर बिजनबारी सरकारी महाबिद्यालय परिसरमा गरिएको थियो।

कार्यक्रममा बिजनबारी अग्निशमन अधिकारी तथा मानव उत्थान सेवा समिति पुर्वोतर प्रमुख प्रकाश हाङखिम मुख्य अतिथि थिए भने महात्मा कन्चन बाइजी तथा ललिता बाइजी लगायत मन्डल प्रमुख दिलिप थापा जिल्ला प्रमुख सञ्जीव राइ लगायत विभिन्न शाखाका प्रतिनिधिहरूको प्रमुख रूपमा उपस्थित थिए।

युवा तथा बालक बालिकाहरूले विभिन्न आध्यात्मिक तथा ज्ञानवर्द्धक प्रतियोगिताहरूमा अंशग्रहण गरेका थिए जसमा कविता लेखन नाटक लेखन भजन आदि थिए। प्रतियोगितामा १७ वटा शाखाका २५४ जना प्रतियोगीहरूले अंशग्रहण गरेका थिए।

आजको समयमा बाल बालिका तथा युवावर्गलाई आध्यात्मिक मार्गमा लगाउन तथा उचित मार्गदर्शन दिन कार्यक्रमको प्रमुख उद्देश्य रहेको पुरण गुरुङले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया