अखिल भारतीय नेवार सङ्गठनको सम्बर्द्धना कार्यक्रम

कालेबुङ, 28 जनवरी


अखिल भारतीय नेवार सङ्गठन, कालेबुङ जिल्ला अञ्चलको आयोजनामा सम्बर्द्धना कार्यक्रम सम्पन्न भयो। रकभेल एकाडेमीको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा स्कूलकै प्राचार्य कप्तान प्रकाशमणि प्रधान प्रमुख अतिथि थिए। कार्यक्रमलाई अखिल भारतीय नेवार सङ्गठन, कालेबुङ जिल्ला अञ्चलका सभापति एम.एम. प्रधानले अध्यक्षता गरेका थिए। यस अवसरमा सङ्गठनले राष्ट्रिय शिक्षा पुरस्कार प्रापक एवं एसयूएमआईका प्राचार्य नभरत्न प्रधान अनि ज्याजु विशेष सम्मान (नेपाल) प्रापक एवं सन्त अगस्टिन स्कूलका शिक्षक योगवीर शाक्यलाई सम्बर्द्धना जनायो।

समाजका स्रष्टाहरूलाई सङ्गठनले 1995 सालदेखि नै यसरी सम्मान जनाउँदै आइरहेको सङ्गठनका सचिव योगवीर शाक्यले जनाए। विशेष नेवार जातिको भाषा, संस्कृति संरक्षण अनि सम्बर्द्धन हेतु सङ्गठनले यस्ता कार्यक्रम गर्ने गरेको उनले बताए। कार्यक्रममा कलाकारहरूद्वारा नेवारी सांस्कृतिक गीत, नृत्य आदि प्रस्तुत गरियो। कार्यक्रममा गुरुजी सूर्यवीर तुलाधर, पूर्व सल्लाहकार राजीव शङ्खर श्रेष्ठ, साहित्य अकादमीका  नेपाली भाषा परामर्श समिति संयोजक प्रेम प्रधान, सिक्किम विश्वविद्यालयका प्रोफेसर डा. प्रतापचन्द्र प्रधान अन्य अतिथिका रूपमा उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया