पेशोक-लप्चुमा पनि पोलियोको दुई थोपा खुराक

रिम परिचित, लप्चु-पेशोक, २८ जनवरी।


देशलाई पोलियो मुक्त बनाउने सपना लिएर शुरु गरिएको राष्ट्रिय पल्स पोलियो कार्यक्रम राष्ट्रव्यापी रुपमा गरियो। रङ्गली रङ्गलियट खण्डको विभिन्न क्षेत्रहरूमा पनि पोलियोको दुई थोपा खुराक खुवाइयो। लप्चु उपस्वास्थ्य केन्द्र अधिनस्थ लप्चु अनि पेशोकका पाँचैवटा पोलियो बुथहरूमा पनि दुई थोपा खुराक खुवाईयो भनी उपस्वास्थ्य केन्द्रका प्रभारी तथा आईपीपीआईका सुपरभाइजर प्रगेश तामाङले बताएका छन्। मिडल पेशोक बुथ नं० ३१ मा ८० जनाको निर्धारित लक्ष्य पार गरेको छ।

बिहान साँढ़े नौ बजीदेखि शुरू भएको पोलियोको शुरुआत प्रगेश तामङको बाहुलीबाट गरियो। आज पहिलो दिन पोलियो खुराक खुवाइयो भने भोलि अनि पर्सी घर घर पुगेर घर मार्किङ गरिने बताइएको छ। तकदाह खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बिएमओएच डा. आरिफ शाह हुसैन, डा. सुमन बासक अनि बिपिएचएन सुनिता आलेको टोलीले पोलियो बुथहरूको निरीक्षण गर्दै भ्रमण गरे भने बुथमा पोलियोको खुराक खुवाउन ल्याइएका शिशुहरूलाई पौष्टिक आहार खिचडी खुवाइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया