स्व. सुवास घिसिङको तेस्रो पुण्यतीथि पालन

 

कालेबुङ, 29 जनवरी।


गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको तेस्रो पुण्यतीथि आज गोरामुमो पार्टी कार्यालयमा पनि पालन गरियो। यहाँको डीएस गुरुङ रोडमा अवस्थित पार्टी कार्यालयमा पार्टीका नेतृत्व एवं समर्थकहरूद्वारा स्व. घिसिङको तस्वीरअघि दीप प्रज्ज्वलन साथै फूल अर्पण गरी श्रद्धाञ्जली अर्पण गरियो। घिसिङको देहान्त 29 जनवरी 2015 को दिन भएको थियो भने त्यसपछि अहिले उनका छोरा मन घिसिङले पार्टीको नेतृत्व गरिरहेका छन्।  मन घिसिङको नेतृत्वमा धेरै वर्षपछि हिजो आइतबार दार्जीलिङमा सम्पन्न जनसभामा मानिसहरूले व्यापक रूपमा उपस्थिति दिएको कारण गोरामुमो समर्थकहरू अहिले उत्साहित छन्।

आज घिसिङको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो कालेबुङ ब्रान्च कमिटीका अध्यक्ष मौरिस कालिकोटेले  जनसभामा उपस्थित सबैप्रति  आभार प्रकट गर्दै जनताको व्यापक उपस्थितिले गर्दा आफूहरू अझ उत्साहित भएको बताए। उनले गोरामुमोले जनताको मन जितिसकेको दावी गर्दै गोर्खा जातिलाई ठिक ठाउँमा लाने बताए। उनले दार्जीलिङपछि अब कालेबुङ, खरसाङ एवं लेबुङ ग्राउण्डमा पनि जनसभा गर्ने योजना रहेको उनले बताए। उनले छैटौँ अनुसूचि भएर मात्रै गोर्खाल्याण्डसम्म पुग्न सकिने बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया