खस भारतीय हितकारी सम्मेलनको वनभोजमा त्रयमासिक सभा

कालेबुङ, 29 जनवरी।


खस भारतीय हितकारी सम्मेलन कालेबुङ आञ्चलिक समितिअन्तर्गत गितडाब्लिङ शाखाको त्रयमासिक सभासँगै वार्षिक वनभोज नोकडाडा रामपुरी धाम परिसरमा आयोजना गरियो।

शाखा सभापति सन्तोष खड्काको सभापतित्वमा भएको कार्यक्रममा बुधबारे बजार, सेरिकल्चर, पाकाङ, टुबुङलगायत डाब्लिङ र कफेरका सदस्यहरूको सहभागिता रहेको थियो।

मनोरञ्जनमूलक कार्यक्रममा शाखाका सबै सदस्यहरूलाई खस परिचय पत्र बितरण गरिएको थियो।

अर्कोतिर बनभोज स्थलमै एक अनौपचारिक छलफल गरिएको थियो जसमा सम्मेलनका विविध गतिविधिमाथि चर्चा-परिचर्चा गरियो साथै हाल पहाडको राजनैतिक उतारचढावको कारण निष्क्रिय रहेको खस विकास बोर्डलाई पुनः स्थापित गर्न तथा यसको अध्यक्ष पदमा श्री राजेन भेटवाललाई नै पुनः नियुक्त गर्नुपर्ने माग गर्दै खस हितकारी सम्मेलन गितडाब्लिङ्ग शाखा श्री भेटवालकै समर्थनमा रहने पनि सर्वसम्मती द्वारा निर्णय लिएको जानकारी सभापति खड्काले बताएका छन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया