गोजमुमो पूल बिजनबारी गोक समष्टिको सभा, 25 घर गोजमुमोमा

बिजनबारी, सन्जय निरौला, 31 जनवरी।


गोर्खा जनमुक्ति मोर्चा पूल बिजनबारी गोक समष्टिअन्तर्गत गोक तकबिया खण्ड समितिको सभा मोतीलाल मैनालीको अध्यक्षतामा चन्द्रोय सार्वजनिक भवनमा सम्पन्न भयो।

सभामा समष्टि सभापति सीरमान राई, सचिव दीपक तामाङ, सहसचिव गङ्गा प्रधान, पहलमान तामाङ, कानूनी सल्लाहकार अमृत मादेनलगायत स्थानीय पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो।

सभामा स्थानीय गोक तकबिया क्षेत्रबाट तृणमूल काङ्ग्रेस तथा गोरामुमो छाडेर २५ घरले गोजमुमोको दलीय झण्डा समष्टि सभापतिबाट थाप्दै नयाँ सदस्यको रूपमा सामेल भए।

एक थुकी सुकी हजार थुकी नदी भन्ने मन्त्रलाई नयाँ नेतृत्वको पहिलो प्रथामिकता दिएको तथा नयाँ सदस्यहरुलाई पार्टीमा स्वागत रहेको तथा पार्टी अध्यक्षको शत्रुविहीन राजनीतिको सोचाइलाई आफूहरूले सिरोपर गरेको समष्टि सभापति राईले बताए। अर्कोतिर सबै एकछ्त्रमा बस्न सके सबैको विकास हुने नयाँ समर्थकहरुले बताए।

सभाको दोस्रो चरणमा गोक तकबिया खण्ड समितिको पुनर्गठन गर्दै राजकुमार तामाङलाई सचिव बाहेक पुरानै कमिटीलाई यथावत राख्ने सर्वसम्मतद्वारा निर्णय गरियो।

सेरसिंह राईले सञ्चालन गरेको सभालाई सभापति सीरमान राई, सचिव दिपक तामाङ, गङ्गा प्रधान अनि मोतीलाल मैनालीले सम्बोधन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया