गोरामुमो थर्बु नौ माइल शाखा गठन

मिरिक, 31 जनवरी।


गोरामुमो थर्बु नौ माइल शाखाको सभा सम्पन्न भयो। रतन तामाङको अध्यक्षता अनि सूरज राईको सञ्चालनमा भएको उक्त सभामा थर्बु नौ माइल शाखा पनि गठन गरियो। जसमा अध्यक्ष सूरज राई, उपाध्यक्ष अमृत तामाङ, सचिव अशोक तामाङ, सहसचिव अजित तामाङ, कोषाध्यक्ष रतन तामाङलाई चयन गरिएको छ। तिलक दर्जी, धनकुमार राई अनि सलिम तामाङ प्रमुख सल्लाहकार रहेको कमिटीमा कार्यकारी सदस्यहरूको पनि चयन गरिएको छ।

सभामा गोरामुमो मिरिक समष्टि अध्यक्ष एमके पाखरीन पनि उपस्थित थिए। उनले नवगठित शाखा पदाधिकारीहरूलाई बधाई दिँदै जनता अनि पार्टीको हितमा सक्रिय कार्य गर्ने अनुरोध गरे। नव नियुक्त अध्यक्ष सूरज राईले गोरामुमो पार्टीले मात्र पहाडको जनताको हितमा कार्य गर्ने दावी गर्दै पहाडमा गोरामुमो बलियो राजनैतिक दल रहेको गत २८ जनवरी दार्जीलिङमा भएको पार्टीको जनसभाले स्पष्ट बनाएको बताए।

उनले गोरामुमोको मूल मुद्दा छैटौँ अनुसूची रहेको जानकारी गराँउदै छैटौं अनुसूची नै गोर्खाल्याण्डसम्म पुग्ने सजिलो माध्यम रहेको बताए। उनले गोरामुमोको विस्तार द्रूत गतिमा भइरहेको जानकारी गराउँदै थर्बु चियाकमानको विभिन्न गाउँ बस्तीमा पनि शाखाहरू गठन गरिने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया