सोच्ने कुरा

विज्ञापन

  • नावारुण भट्टाचार्य

एउटा रोटीभित्र कति भोक हुन्छ?
एउटा जेलले कति इच्छालाई रोक्न सक्छ ?

एउटा अस्पतालको ओछ्‌यानमा
कति कष्टहरू एक्लै सुतेको छ?

एक थोपाभित्र
कति समुद्र छ?
एउटा चरा मर्दा कति आकाश बॉंकी रहन्छ?

एक तरुणीले ओठमा
कति चुम्बन लुकाउन सक्छ?

एउटा आँखाको मोती उध्रिँदा
कति उझ्यालो निभ्छ?

एक युवती मलाई
कति पर राख्न राक्छ?

एउटा कविता लेखेर
कति हल्ला गर्न सकिन्छ?


अनुवादः मनोज बोगटी/ फोटो स्रोतः इन्टरनेट

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया