अढाईसयलाई निःशुल्क टोपी

  • रुड्की/देहरादुन (बीरगोर्खाडटकम), 7 मई/2017

गोर्खा समाज कल्याण समितिले अढाईसयभन्दा ढाका टोपी निशुल्क बाँडेको छ। देहरादुनको रुड्कीको पञ्चशील भवनमा समितिले उटा कार्यक्रम राखेर टोपी वितरण गरेको हो। कार्यक्रममा पूर्व दर्जाधारी राज्य मन्त्री सारिका प्रधान मुख्य आतिथ्य दिँदै एकी थिइन्। उनीलगायत पण्डित पीताम्बर शास्त्रीले दीयो बालेर निःशुल्क टोपी वितरण कार्यक्रम उद्घाटन गरे। उनीहरूलाई समितिले स्मृतिचिन्हसमेत प्रदान गरेर सम्मान दियो। ‘टोपी गोर्खा समाजको पहिचान हो,’ मन्त्री प्रधानले भनिन्, ‘यसलाई बहादुरको प्रतिक मानिन्छ।’

कार्यक्रममा उपस्थित सबैलाई अतिथिहरूले टोपी उपहार दिए। कार्यक्रममा अध्यक्ष सुबेदार मेजर बुद्धिसिंह राणा, सचिव कमल राणा, जीबी थापा, जसवन्त सिंह, राजन थापा, सुनिल राणा, बहादुर थापा, प्रेम सिंह, राम सिंह थापा, मनोहर पन्ती, बालकिशन, विमला थापा, पवन खड़का, डीबी शर्मा उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन