रोङ्गोमा बुद्ध जयन्तीको तयारी

विज्ञापन

  • समर्पण शर्मा, 7 मई/2017

रोङ्गोमा पालन गरिने वार्षिक पर्वहरूमा बुद्ध जयन्ती पनि एउटा हो। सधैँझैं यो वर्षको जयन्तीको तयारी चलिरहेको छ। भूटान, सिक्किम, डुवर्स लगायत नजिकका क्षेत्रका बुद्धभक्तहरू बुद्धपूर्णिमाको दिन आउने गर्छन्। आजदेखि रोङ्गो पेमा वाइसेङ येग छोइलिङ गुम्पामा भुटानका रिम्पोर्छे नाकछ्याङद्वारा पूजा आरम्भ गरिएको छ। पूजा समितिका अध्यक्ष साङ्गे शेर्पा अनि सचिव साङ्दोर्जे शेर्पाले 10 मईको दिन नजिकटाढाबाट आउने अनुयायीहरूलाई वाङ वितरण गरी पुजा समाप्त हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया