नारेनको रेकर्ड पचास

विज्ञापन

  •  बेङ्ग्लुरु, 7 मई/2017

यो सिजनको आइपीएलमा त्यस्ता अचम्मका कुराहरू देख्न पाइरहेका छन्, जुन यसअघि शायदै देख्न पाइएको थियो। तपाईंलाई कसैले क्यारेबियाई खेलाड़ी सुनिल नारेन बलर कि ब्याट्सम्यान ? भनेर सोधिहाले तपाईंको सोझो उत्तर हुनेछ, ‘बलर।’ तर यसपालि कोलकाता नाइट राइडर्स (केकेआर) -का यी बलरले विध्वंसी ब्याटिङ गरिरहेका छन्।

आइतवार रोयल च्यालेन्जर्स बेङ्ग्लोर (आरसीबी) –विरुद्ध जुन प्रकारले ब्याटिङ गरे त्यसले क्रिकेट पण्डितहरूलाई चकित बनाएको छ। यी 28 वर्षीय क्यारेबियाई खेलाड़ी आइपीएलकै रेकर्ड पचास हिर्काएका छन्। यिनले 15 बलमा बनाएको 50 रन आइपीएलकै द्रूत पचास पनि हो। आइपीएलमा द्रूत गतिमा पचास बनाउने नारेन दोस्रो खेलाड़ी हुन्। यसभन्दा अघि केकेआरकै यूसुफ पठानले सन् 2014 –मा हैदराबादविरुद्ध यतिनै बलमा पचास रन बनाएर यो रेकर्ड आफ्नो नाममा गरेका थिए।

अब यो रेकर्डमा पठानसँगै नारेनको नाम पनि संयुक्त रूपले जोड़िएको छ। आरसीबीविरुद्ध नारेनले 17 बलमा 54 रनको आक्रामक इनिङ्ग्स खेले। यसअवधि उनले 6 चौका र 4 छ्क्का हुऱ्याए। नारेनकै विध्वंसी इनिङ्ग्सकै कारण केकेआरले 159 रनको विजयी लक्ष्य पछ्याउँदै पहिलो 6 ओभरमै 105 रन सङ्ग्रह गरेको थियो। अष्ट्रेलियाई ब्याट्सम्यान क्रिस लिन घाइते भएर शुरूका केही म्याच गुमाएपछि केकेआरका कप्तान गौतम गम्भीरले नारेनलाई प्रारम्भिक ब्याट्सम्यानको रूपमा प्रमोट गरेका थिए। त्यसपछि नै उनले आक्रामक इनिङ्ग्स खेल्दै आएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया