कोलकाताको सहज जीत

विज्ञापन

  •  बेङ्ग्लोर, 7 मई/2017

आइतवार खेलिएको आइपीएलको 46औं म्याचमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सहज जीत प्राप्त गरेको छ। यो जीतसँगै कोलकाता अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ। गौतम गम्भीर एण्ड कम्पनीको 12 खेलमा 16 अङ्क भएको छ। केकेआरको जीतमा प्रारम्भिक ब्याट्सम्यानद्वय सुनिल नारेन र क्रिस लिन हिरो बने।

नारेनले 17 बलमा 54 र लिनले 22 बलमा 50 रनको विध्वंसी इनिङ्ग्स खेले। यी दुइकै आक्रामक इनिङ्ग्सको कारण केकेआरले 15.1 ओभरमा केवल 4 विकेट गुमाएर 159 रनको विजयी लक्ष्य सहजै प्राप्त गरेको हो। आयोजक आरसीबीका लागि पवन नेगीले दुइ तथा अनिकेत चौधरी र युजवेन्द्र चहलले एक-एक विकेट लिए। यसभन्दा अघि टस हारेर पहिलो ब्याटिङ गर्न परेको बेङ्ग्लोरले निर्धारित ओभरमा 6 विकेटको क्षतिमा 158 रन सङ्ग्रह गरेको थियो।

आरसीबीका लागि अष्ट्रेलियाई ब्याट्सम्यान ट्रेभिस हिडले 75 र मन्दीप सिंहले 52 रनको इनिङ्ग्स खेली टीमलाई सम्मानजनक स्थितिमा पुऱ्याए। आज पनि आरसीबीका जण्डा खेलाड़ीहरू नचल्ने दुआनी प्रमाणित भए। क्रिस गेल (0), कप्तान विराट कोहली (5) र एबी डीभिलियर्स (10) सस्तोमै आउट भए। बेङ्ग्लोरको थालनी यतिसम्म निराशाजनक रहेको थियो, खेलको पहिलो बलमै गेलको विकेट गुमायो। केकेआरका लागि उमेश यादवले तीन तथा नारेनले दुइ विकेट लिए। विराट एण्ड कम्पनीको यो दशौं हार हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया