दिल्लीमा भेटियो कालेबुङकी युवतीको शवः हत्या भएको हुनसक्ने आशङ्का

  • दिल्ली खबरदाता, 7 मई/2017

कालेबुङ कि एक युवतीको शव आज बिहान 3/50 बजीतिर दिल्लीको एउटा कोठामा भेटिएको जानकारी पाइएको छ। सूत्रले जनाए अनुसार युवती रोयल प्लाजानामक होटलमा काम गर्थिन्। दिल्ली पुलिसले युवतीले ‘सुसाइट’- गरेको अनुमान गरेपनि यसको पुष्टि भइसकेको छैन। शवको अवस्था हेर्दा युवतीको हत्या पनि भएको हुनसक्ने शङ्का गरिएको छ। थाहा लागेअनुसार युवती एक अनेपाली युवकसित तीनमहिनादेखि लिभिङ रिलेसनसीपमा थिइन्। तीनमहिनाको गर्भवतीसमेत रहेको अनुमान गरिएको युवतीको शव बुझ्न उनको पिता र दाजु आज दिल्ली पुगेका छन्। सामाजिक कार्यकर्ता बन्दना राईको टोलीले वास्तविकता बुझ्न अस्पताल र पुलिस चौकीको दौडधुप गरिरहेको थाहा लागेको छ।

युवतीको शव लालबहादुर शास्त्री हस्पिटलमा राखिएको छ। भोलि पोष्टमर्टम हुने अनि पुलिसले घटनाको वास्तविकता बुझ्न छानबिन गर्ने जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया