संस्कृत भाषा प्रशिक्षण शिविर

विज्ञापन

  • जानुका दाहाल, लोवर इच्छे बस्ती, 7 मई/2017

लोवर इच्छेस्थित इच्छानाथ शिवालय मन्दिरमा सात दिवसीय संस्कृत भाषा प्रशिक्षण शिविर चलिरहेको छ। इच्छानाथ शिवालय एवम् पशुपति  संस्कृत  पाठशालाको शतवार्षिकी कार्यक्रम  अन्तर्गत 3 मईदेखि शुरु भएको प्रशिक्षण  9 मईसम्म रहनेछ। कोमल खतिवडा (पश्चिम बङ्गाल संस्कृति भारती  सङ्घका सचिव) प्रशिक्षक रहेका शिविरमा गङ्गोत्री उच्चतर विद्यालय, चन्द्रमाया उच्चतर विद्यालय, बृन्दावन हाइ स्कूल अनि पशुपति संस्कृत पाठशालाका गरी ७५ जना प्रशिक्षाणार्थीहरूले भाग  लिइरहेका छन्।

संस्कृत  भाषा प्रचार प्रसार एवम् संस्कृत  भाषा संरक्षण हेतु राखिएको उक्त  कार्यक्रमको समापनको दिन प्रशिक्षाणार्थीहरूका अभिभावकहरूलाई निम्तो गरी संस्कृत  भाषामा नाटक, गीतवाचन, प्रश्नोत्तर कार्यक्रम गर्ने साथै प्रशिक्षाणार्थीहरुलाई प्रमाणपत्र वितरण गरिने पशुपति संस्कृत पाठशालाका शिक्षक मुकुन्द  प्रसाद कौडिन्यले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया