युवा म्याक्रोन फ्रान्सका राष्ट्रपति

विज्ञापन

  •  पेरिस, 8 मई/2017

युवा इम्यानुएल म्याक्रोन फ्रान्सका राष्ट्रपति बनेका छन्। केवल 39 वर्षीय म्याक्रोन फ्रान्सका अहिलेसम्मकै सबैभन्दा युवा राष्ट्रपति हुन्। मध्यमार्गी विचारधारा भएका यिनले धुर दक्षिणपन्थी म्यारीन ल पेन (48) –लाई पराजित गरी फ्रान्सका नयाँ राष्ट्रपतिको पदमा निर्वाचित भएका हुन्। चुनाउपूर्व नै म्याक्रोनको जीत निश्चित मानिएको थियो। यद्यपि अमेरिकी राष्ट्रपति चुनाउमा झैँ कुनै चमत्कार हुनसक्ने सम्भावना पनि केहीको लख थियो।

युवा म्याक्रोनले 66 प्रतिशत मत पाएको विभिन्न न्यूज एजेन्सीहरूको भनाइ छ। पेनले केवल 34 प्रतिशत मात्र मत पाइन्। नयाँ राष्ट्रपति बनेका यी युवा म्याक्रोन पूर्व इन्भेस्टमेन्ट ब्याङ्कर हुन्। र, फ्रान्स्वा ओलान्दको सरकारमा वित्त मन्त्री पनि बनेका थिए। उनको प्रमुख चुनावी मुद्दा देशको अर्थव्यवस्थामा सुधार थियो। म्यारिनले संरक्षणवादी तरीकाले देशलाई बलियो बनाउने मुद्दा समातेका थिइन्। उनी मुसलमान र युरोपेली युनियनको विरोधी थिइन्।

चुनाउ प्रसारमा धेरै उतार-चढ़ाउ देखिएका थिए। दुवैलाई एकार्का पराजित गर्न एकार्कासँग जोड़िएका धेरै ‘स्क्यान्डल’ सार्वजनित गरेर जनतालाई आफूतिर आकर्षित गर्न खोजेका थिए, तर यसमा म्याक्रोनले बाजी मारे। आइतवार मध्यराति सम्पन्न चुनाउमा आतङ्की हमलालाई ध्यानमा राखेर बलियो सुरक्षा व्यवस्था गरिएको थियो।

फ्रान्सको इतिहासमा यो पहिलो अवसर हो, जब दोस्रो चरणको मतदानमा देशका दुइ प्रमुख पार्टी सोशलिस्ट र रिपब्लिकन्सका उम्मेद्वारले सामेल भएनन्। आफ्नो पहिलो सम्बोधनमा म्याक्रोनले देशमा टाउको उठाइरहेको वर्तमान भेदभावसमर्थित शक्तिलाई निर्बल बनाउने बताए, जसको फलस्वरूप युरोपेली सङ्घ र फ्रान्सेली नागरिकहरूको सम्पर्कलाई पुनर्थाै पित गर्नसकियोस्।

यसपछि उनले मध्य पेरिसमा विख्यात लूव्र म्युजियमबाहिर जीतको खुशी मनाइरहेका आफ्ना समर्थकहरूलाई सम्बोधन गरे। युवा म्याक्रोनको जीत फ्रान्सको इतिहासमा एक नयाँ अध्यायको थालनी हो। म्याक्रोन को हुन् इम्यानुएल जिम माइकल फेडरिक म्याक्रोनको जन्म उत्तरी फ्रान्सको एमिइन्समा 21 दिसम्बर 1977 मा भएको हो।

जिम माइकल म्याक्रोन र फ्रासिएस म्याक्रोनको परिवारै चिकित्सा क्षेत्रमा छन्। तर जेठा छोरा इम्यानुएलले भने चिकित्सा क्षेत्र अप्नाएनन्। इन्भेस्टमेन्ट ब्याङ्कर भने र पछि राजनीतितिर लागे म्याक्रोनको प्रेम चर्चा चुनाउ प्रसारअवधि म्याक्रोनको प्रेम चर्चा पनि अत्यधिक चुलिएको थियो।

केवल 17 वर्षको उमेरमा 24 वर्ष ठूली आफ्नै शिक्षिका ब्रिगिटसँग उनको प्रेम भएको थियो। तीनवटा नानीकी आमा ब्रिगिट एउटा ड्रामा क्लब चलाउँथिन्। म्याक्रोनको घर परिवार यो सम्बन्धसँग खुशी थिएन। सन् 2007 मा यी दुइले विवाह गरे। म्याक्रोनले सधैँ सार्वजनिक रूपमा भने, ‘‘ब्रिगिटसँगको आफ्नो सम्बन्ध कहिले लुकाउँदिनँ।’’ राजनैतिक सफलताको श्रेय म्याक्रोनले आफ्नै श्रीमती ब्रिगिटलाई नै दिएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया