लद्दु विद्यार्थीलाई सहयोग गर्ने

दार्जीलिङ, 11 फरवरी।


गोरामुमोको विद्यार्थी एकाई गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाले दार्जीलिङ  पहाड़का स्कूलहरू खोलिएपछि प्रत्येक स्कूल, शिशु शिक्षा केन्द्र, माध्यमिक शिक्षा केन्द्र आदिको सर्वेक्षण गरेर यी शैक्षिक संस्थानहरूमा रहेका समस्याहरू उदाङ्गो पार्ने साथै समाधानको दिशामा पहल गर्ने निर्णय लिएको छ। आज यसै विषय लिएर गोराविमोले आफ्नो दार्जीलिङ शाखा समितिको पनि गठन गऱ्यो।

जसमा दार्जीलिङ महकुमाका 13 वटा समष्टिबाट 2-2 जना विद्यार्थी प्रतिनिधिलाई सामेल गरिएको विद्यार्थी मोर्चा केन्द्रिय समिति अध्यक्ष अभिनय गुरूङले बताए। स्मरण गराइन्छ, गोरामुमोले अझै पनि जीटीए क्षेत्रमा 28 वटै समष्टि छ भन्ने ठहराएको छ, यसैले गोराविमोले पनि दार्जीलिङ पहाड़मा 28 वटै समष्टि रहेको बताएको छ। यसैअनुसार, गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाले  दार्जीलिङका 13 वटा समष्टिबाट 2-2 जना गरेर मोठ 26 जना प्रतिनिधिलाई गोराविमो दार्जीलिङ शाखा समितिमा सामेल गरिएको बताएको छ।

उनले भने-दार्जीलिङ पहाड़का प्राथमिक पाठशालादेखि उच्च, उच्चत्तर विद्यालय, एसएसके, एमएसके, महाविद्यालय सबैमानै विभिन्न समस्याहरू छन्। यसैले कुन शैक्षिक संस्थानमा कस्तो समस्या छ, त्यसबारे छानबीन गरेर जिल्ला प्रशासन, राज्य सरकारमार्फत समस्याको समाधान गर्न लगाइनेछ। यसका साथै गोराविमोले पढ़ाईमा लद्दु रहेका विद्यार्थीहरूलाई पनि विशेष सहयोग पुर्याउने योजना बनाएको विद्यार्थी मोर्चा अध्यक्ष गुरूङले अवगत गराए। उनले भने-पढ्नमा अव्वल विद्यार्थीहरूलाई सहयोग गर्ने संघ-संस्था, व्यक्ति विशेष धेरै हुन्छन्। तर पढ्नमा लद्दु विद्यार्थीहरूलाई कसैले टेंड़े आँखाले पनि हेर्दैन।

यसैले गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाले यस्ता विद्यार्थीहरूलाई सहयोग गर्ने योजना बनाएको छ। ताकि ती विद्यार्थीहरूले पनि आफ्नो पढ़ाईमा ध्यान लगाउन सकुन्। यदि लद्दु विद्यार्थीहरूलाई पनि समाजको आँखा गरेको अनुभव भए, उनीहरू आफ्नो विषयमा सोंच्न बाध्य हुनेछन्, यसैले गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाले समाजको सोंच विपरीत यस्तो सोंच बनाएको छ। ताकि लद्दु विद्यार्थीहरू पनि एक दिन समाजलाई असल कार्य देखाउन प्रयासरत बनुन्। यसरीनै गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाले अर्को सप्ताह विद्यार्थी मोर्चाको खरसाङ र कालेबुङ शाखा समितिहरूको गठन गर्ने तय गरेको पनि उनले जानकारी गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन