गुजरात विजयी

विज्ञापन

मोहाली, 8 मई/2017


आइतवार खेलिएको आइपीएलको 47औं खेलमा गुजरात लायन्सले किङ्ग्स इलेभेन पञ्जाबलाई 6 विकेटले पराजित गऱ्यो। यो हारले पञ्जाबको समीकरण तलमाथि भएको छ। 189 रन सङ्ग्रह गरेर पनि म्याक्सवेल एण्ड कम्पनीले यसलाई जोगाउन सकेन। गुजरातको जीतमा क्यारेबियाइ ब्याट्सम्यान ड्वेन स्मीथले 39 बलमा 74 रनको विध्वंसी पारी खेले।

स्मीथबाहेक युवा इशान किशन 29, कप्तान सुरेश रैना 39 र विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिकले 35 (नट्आउट) रनको उपयोगी इनिङ्ग्स खेले। यी चार ब्याट्सम्यानहरूकै कारण गुजरातले 190 रनको विजयी लक्ष्य 19.4 ओभरमा 4 विकेट गुमाएर प्राप्त गऱ्यो। पञ्जाबका लागि सन्दीप शर्माले दुइ, ग्लेन म्याक्सवेल र थाङ्गरासु नटराजनले एक-एक विकेट लिए।

यसभन्दा अघि पहिलो ब्याटिङ गर्दै प्रीति जिण्टाको टीमले निर्धारित ओभरमा 3 विकेट गुमाएर 189 रन सङ्ग्रह गरेको थियो। पञ्जाबका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान हाशिम अमलाले आक्रामक 104 रन बनाए। अमलाबाहेक शन मार्सले 58 रनको उपयोगी इनिङ्ग्स खेले। यो हारले पञ्जाबको प्लेअफ् पुग्ने पुग्ने सम्भावना कठिन भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया