च्याम्पियन्स ट्रफीका लागि टीम इण्डियोको घोषणा

विज्ञापन

मुम्बई, 8 मई/2017


लामो खिँचातानीपछि अन्तमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) –ले च्याम्पियन्स ट्रफीका लागि डिफेन्डिङ च्याम्पियन टीम इण्डियाको घोषणा गरेको छ। सोमबार घोषित टीममा चोटबाट निको भइसकेका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा फर्किएका छन्। उनलाई लोकेश राहुलको स्थानमा चयन गरिएको हो, जो काँधको चोटले थलिएका छन्।

टीममा कुनै ठूलो फेरबदल गरिएको छैन। टीमको नेतृत्व विराट कोहलीलाई सुम्पिएको छ। पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई विकेटकीपर ब्याट्सम्यानको रूपमा टीममा राखिएको छ। देब्रे हातका ब्याटसम्यानद्वय गौतम गम्भीर र सुरेश रैनाले भने 15 सदस्यीय टीममा स्थान बनाउन सकेनन्। टीम यसप्रकार छ – विराट कोहली (कप्तान), शिखर धवन, महेन्द्रसिंह धोनी, अजिङ्क्य रहाणे, मोहम्मद शमी, युवराज सिंह, केदार जाधव, हार्दिक पाण्ड्या, आर अश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, रोहित शर्मा, मनीष पाण्डे र उमेश यादव। चयनकर्ताहरूले यो टीममाथि नै भरोसा राखेका छन्, जसले घरेलु शृङ्खलामा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो। च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो पहिलो म्याच 4 जूनको दिन चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध खेल्नेछ।

टुर्नामेन्ट आउँदो 1 जूनदेखि शुरू हुनेछ।

टुर्नामेन्टको खेल सूची ग्रुप

A: अष्ट्रेलिया, बङ्ग्लादेश, इङ्ल्यानाण्ड, न्यूजील्याण्ड ग्रुप

B: भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का

जून 1 (बिहीवार) – इङ्या, ग्ण्ड Vs बङ्ग्लादेश (ओवल)

जून 2 (शुक्रवार) – अष्ट्रेलिया Vs न्यूजील्याण्ड (एजबेस्टन)

जून 3 (शनिवार) – श्रीलङ्का Vs दक्षिण अफ्रिका (ओवल)

जून 4 (आइतवार) – भारत Vs पाकिस्तान (एजबेस्टन)

जून 5 (सोमवार) – : अष्ट्रेलिया Vs बङ्ग्लादेश (ओवल) डे-नाइट

जून 6 (मङ्गलवार) – न्यूजील्याण्ड Vs इङ्ग्ल्याण्ड (कार्डिफ)

जून 7 (बुधवार) – पाकिस्तान Vs दक्षिण अफ्रिका (एजबेस्टन) डे-नाइट

जून 8 (बिहीवार) – भारत Vs श्रीलङ्का (ओवल)

जून 9 (शुक्रवार) – न्यूजील्याण्ड Vs बङ्ग्लादेश (कार्डिफ)

जून 10 (शनिवार) – इङ्ग्ल्याण्ड Vs अष्ट्रेलिया (एजबेस्टन)

जून 11 (आइतवार) – भारत Vs दक्षिण अफ्रिका (ओवल)

जून 12 (सोमवार) – श्रीलङ्का Vs पाकिस्तान (कार्डिफ)

जून 14 (बुधवार) – पहिलो सेमीफाइनल (A1 Vs B2) (कार्डिफ)

जून 15 (बिहीवार) – दोस्रो सेमीफाइनल (A2 Vs B1) (एजबेस्टन)

जून 18 (आइतवार) – फाइनल (ओवल)

जून 19 (सोमवार) – फाइनलका लागि रिजर्भ दिन

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया