25 को जनसभा मोर्चा विरोधीहरूको निम्ति मुहतोड जवाब हुने दावी

 

मिरिक, 17 फरवरी।


गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय कार्यकारी सदस्य सञ्जीब छेत्रीले आज एक पत्रकार सम्मेलनमा आउँदो २५ फरवरीको गोजयुमोको जनसभालाई ऐतिहासिक बताउँदै उक्त दिनको उपस्थितिले मोर्चालाई नकारात्मक टिप्पणी गर्नेहरूलाई मुहतोड जवाब मिल्ने दाबी गरे।

उनले सम्पूर्ण युवाहरूलाई उक्त जनसभामा ब्यापक रुपमा उपस्थित भइदिने आग्रह गर्दै उक्त जनसभाले पहाडमा मोर्चाको वर्चस्व प्रमाणित गर्ने पनि बताए। उनले मोर्चा अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको निर्देशनमा मोर्चाले विकाससँगै गोर्खाल्याण्डको माँगलाई कुटनैतिक रूपमा अघि बढाउँदै लगिरहेको बताउँदै उनीहरूको कुशल नेतृत्वमा नै पहाडले विकास र रोजगारको अवसर पाउने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया